1478958692 banner ad format

 
 

 विश्वबैंकले अघिल्लो वर्ष नेपालको आर्थिक बृद्धिदर ६.३ प्रतिशतले भएको अनुमान गरेको छ । केन्द्रिय तथ्यांक विभागले नेपाली अर्थतन्त्रको आकार ५.९ प्रतिशतले बढेको अनुमान थियो । विश्व बैंकले उक्त आँकडा बढाएर अनुमान गरेको छ ।

आगामी वर्षदेखि २ अंकको आर्थिक बृद्धिदरको लक्ष्य लिएको सरकारका लागि यो बृद्धिदरलार्ई दिगो बनाइराख्नको लागि चुनौतिहरु उत्तिकै रहेको बैंकको विश्लेषण रहेको छ।

अहिलेको बृद्धिलाई दिगो राख्नकै लागिमात्र पनि पर्याप्त विदेशी लगानी आउनुपर्ने, उपभोग भन्दा लगानी बढ्नुपर्ने, पूर्वाधारमा लगानी बढाउनुपर्ने, नीतिगत सुधार गर्नुपर्ने र सबैभन्दा बढी सार्वजनिक खर्च प्रणालीमा व्यापक सुधार गर्नुपर्ने बैंकले औल्याएको छ।

प्रकासित मिति

Loading...

 

yummyfood