tealaya add

naya not

आगामी दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा निस्काशन गरेको छ । बिहीबारदेखि नेपाल राष्ट्र बैंकले २० र ५० रुपैयाँका नयाँ नोट बजारमा पठाएको हो । नेपाल राष्ट्र बैंकले विक्रम संवत २०७२ र एडी २०१६ लेखिएकोले २० रुपैयाँको नोट साथै विक्रम संवत २०७२ र एडी २०१५ हुने ५० रुपैयाँको नोट बजारमा पठाएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार २० रुपैयाँ दरको नोटमा सङ्केत नम्बर ञर४१०००००१ देखि ञर४१९९९९९९ हुनेछ भने ५० रुपैयाँका नोटमा संकेत नम्बर जर८६०००००१ देखि जर८८९९९९९९ सम्म हुनेछ । नेपाल राष्ट्र बैंकको योजना अनुसार १८ हजार पाँच सय रुपैयाँसम्मका खुला नोट माग गर्नेलाई नयाँ नोट दिने निर्णय गरेको छ भने १८ हजार पाँच सय रुपैयाँ भन्दा बढी माग गर्नेलाई सुकिला नोट दिने जनाइएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...