Hidden
कर्मचारीकै मिलोमतोमा बैंकलाई अढाई करोड नोक्सानी !
काठमाडाैं। नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई रू दुई करोड २८ लाख ३८ हजार ४०१ हानी पुर्याउने व्यक्ती सार्वजनिक गरेको छ ।
बैङ्कको न्यूरोड शाखाका कर्मचारी र सुन ऋणीको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखी विभिन्न समयमा ऋण प्रवाह गरी बैङ्कलाई हानी पुर्याउने व्यक्तिलाई पक्राउ गरेको हो । वरिष्ठ सुन जाँचक भक्तपुरका सामिन शाक्य, सहायक सुन जाँचक विन्देश शाक्य, प्राइम कमर्सियल बैंक गोल्ड अडिट विभागका अमितराज बज्राचार्य, ऋणी मोरङ शनिश्चरेका लभ बराइली र सङ्खुवासभा शनिश्चरे चैनपुरका उमेशराज बराइलीले मिलोमतोमा बैंकलाई हानी पुर्याएका हुन् ।
पक्राउ परेकालाई उच्च अदालत पाटनबाट बुधबार सात दिनकोे म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐनबमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
प्रकासित मिति