1478958692 banner ad format

 
 

काठमाण्डौ । नेपाल प्रहरीले किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवालीलाई पक्राउ गरेको छ । महेन्द्रनगरबाट किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली पक्राउ परेका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरी काठमाण्डौ ल्याएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनी पक्राउ परेको पुष्टी गरेका हुन् ।

‘महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरी ल्याएका छौं ।' काठमाण्डौ प्रहरी परिसर प्रमूख एसएसपी सिंहले थप विवरण केहीवेरमा सार्वजनिक गर्ने बताए । बैंकमा भएको अनियमितता माथि उनीसहितको समूहमाथि प्रहरीले अनुसन्धान थालेलगत्तै ज्ञवाली फरार थिए ।

जम्को प्रकाशन प्रालिका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीअार्इबी) ले उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको थियो ।

०७३ असाेज ४ गते पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) ले कैष्ट बैंकका तत्कालीन प्रवन्ध सञ्चालक कमल ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएकाे थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood