1478958692 banner ad format

 
 
काठमाण्डौ- नेपालका लागि युरोपियन युनियनका राजदुत वेरोनिका कोडीले नेपालको हवाई यातायातलाई कालोसुचिबाट हटाउन आफुले पहल गर्ने कुरा बताउनु भएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा मंगलबार  राजधानीमा आयोजित “ब्यापार, पर्यटन तथा लगानीको सन्दर्भमा नेपाल–युरोपियन युनियन, आर्थिक सम्बन्धका सम्भावना“ बिषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले नेपालको हवाई यातायातलाई सुरक्षित पार्न हवाई क्षेत्रको नीति निर्माण गर्ने र सेवा प्रदान गर्ने निकाय छुट्टै हुनुपर्ने समेत औंल्याउनु भयो ।
 
राजदुत कोडीले नेपालको ब्यापार, पर्यटन र लगानीमा विकास गर्न भौतिक पूर्वाधार महत्वपूर्ण हुने कुरामा जोड दिनुभयो । रेल मार्ग, सडक मार्ग र जलमार्गको विकासले नेपालको विकासलाई तिब्र बनाउने बिश्वास उहाँले व्यक्त गर्नुभयो । साथै आफू नेपालसँगको युरोपियन युनियनको सम्बन्ध थप प्रगाढ पार्न कटिबद्द भएर लागि परेको कुरा समेत उहाँले व्यक्त गर्नुभयो । नेपालको उत्पादनलाई युरोपको बजारमा पुर्याउनलाई नेपाललाई “प्रिफरेन्सियल ब्यापार पद्दति“ अन्तर्गत राख्न आफूहरु सकारात्मक रहेको कुरा पनि उहाँले व्यक्त गर्नुभयो । नेपालको कफी र पश्मिनाको बजार युरोपमा उच्च रहेको भन्दै उहाँले यसलाई थप बढाउनुपर्ने कुरामा जोड दिनुभयो । यसो हुन गएमा नेपालको इयूसँगको ब्यापार घाटा कम हुने र त्यसले नेपालको अर्थतन्त्र बलियो हुने बिश्वास व्यक्त गर्नुभयो ।
 
नेपालमा रहेका साना तथा मध्यम व्यवसायीहरुको क्षमता बढाउने खालका कार्यक्रमहरुमा सहयोग गर्न इयू तयार रहेको कुरा पनि उहाँले व्यक्त गर्नुभएको थोयो । महिला र युवा व्यवसायीहरुको क्षमता बढाउने कुरा महत्वपूर्ण रहेको र यसको लागि सक्दो सहयोग गर्ने उहाँको धारणा थियो ।
 
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल पर्यटन बर्ष २०२० लाई मध्यनजर गर्दै नेपालको हवाई यातायात असुरक्षित रहेको भन्ने कुरामा इयूका देशहरुले चिन्ता नगर्न आग्रह गर्नुभयो । नेपालको हवाई सुरक्षाको सम्वेदनशिलतालाई यथार्थमा बुझिदिन समेत उहाँले अनुरोध गर्नुभयो ।
 
कार्यक्रममा श्रेष्ठले नेपालको ब्यापार, पर्यटन र लगानीमा इयूले थप सहयोग गर्ने सहि समय आएको कुरा पनि उल्लेख गर्नुभयो । नेपालको समृद्दीको लागि इयूसँगको आर्थिक सम्बन्ध महत्वपूर्ण रहेको भन्दै उहाँले नेपालको उत्पादनलाई युरोपमा निर्यात गर्नलाई थप सहयोग गर्न राजदुत कोडीलाई अनुरोध गर्नुभयो ।
 
कार्यक्रममा ब्यापार, पर्यटन र लगानीमा क्रमश: ब्यापार तथा निर्यात प्रबर्धन केन्द्रका निर्देशक सुरेन्द्र नाथ गोंगल, नेपाल होटल संघका महासचिब विनायक शाह र नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष नरेश श्रेष्ठले छुट्टा–छुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
 

नेपालको हवाइ यातायात अब कालो सूचिबाट हट्छ त ?

प्रकासित मिति

Loading...

 

yummyfood