1478958692 banner ad format

 
 

काठमाडौं। आइएमई लिमिटेड र सुमेरु अस्पतालबिच सोमबार सम्झौता भएको छ । सम्झौतापछि आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीले सुमेरु अस्पतालको सेवामा १० प्रतिशत विशेष छुट पाउने भएका छन् । त्यस्तै आइएमईमा कार्यरत कर्मचारीहरु र आइएमईका नीजि व्यवसायिक साझेदारले १३ प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था छ । यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुने छ ।

सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड, कर्मचारी परिचयपत्र वा आइएमईमा आवद्ध भएको प्रमाण पत्र अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । सम्झौतामा आइएमई लिमिटेडका तर्फबाट क्षेत्रीय प्रतिनिधि प्रमुख माधव कटुवाल र सुमेरु अस्पतालको तर्फबाट निर्देशक दीलिप डंगोलले हस्ताक्षर गरेका छन् । यो सम्झौता ५ वर्षसम्मका लागि लागु हुने जनाइएको छ ।
आइएमईसँग आवद्ध सेवाग्राहीलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्तो कार्यक्रम संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

स्थापना देखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीसम्म पहुँच पुर्‍याउन प्रतिबद्ध कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दु:ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट पुर्‍याउँदै आएको छ ।

 
 
 
 

प्रकासित मिति

Loading...

 

yummyfood