1478958692 banner ad format

 
 

कृषि विकास बैंकले लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा राखेको हकप्रद नपरेको पैसा फागुन २७ देखि फिर्ता हुने भएको छ। बैंकले बोलकबोल दाताले दरखास्त फारममा उल्लेख गरेको बैंक खातामा नै पैसा फिर्ता गर्ने तयारी गरेको जनाएको छ। 

bank

बैंकले लिलाममा राखेको १९ लाख ६८ हजार ५७५ कित्ता सेयर बोल कबोलबाट बिक्रि भएको छ। लिलाम बढाबढमा सहभागिता जनाएका ९ हजार २ सय २३ जना आवेदक मध्य २ हजार १ सयले कृषि विकास बैंकको सेयर पाएका छन।  

बैंकको लिलाममा राखिएका सेयरमा न्युनतम ३६१ रुपैयाँ र त्यस भन्दा माथिको मूल्यमा कबोल गर्नेले सेयर पाएका छन। अधिकतम ६०१ रुपैयाँको मूल्यमा आबेदन दिनेले मागेजति सेयर पाएका छन् भने न्युनतम ३६१ रुपैयाँमा आबेदन दिनेले दामासाहीमा सेयर पाएका छन।    

माघ २७ देखि फागुन १२ सम्म लिलाममा राखेको सेयरमा करिब ३ अर्ब रुपैयाँ बराबरको आबेदन परेको थियो। बैंकले गत कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म ५० प्रतिशत हकप्रद बिक्रि खुला गर्दा सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलाममा राखेको हो।   

बैंकले गत आर्थिक बर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । त्यस्तै बैंकले ५० प्रतिशत हकप्रद बिक्रि गरेको हो।  बोनस र हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ७ अर्ब ८ करोड पुग्ने छ।  बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ९० करोड ६६ लाख ८९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood