1478958692 banner ad format

 
 

काठमाडौँ - अरुण फाइनान्सले भदौ ५ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । अब कम्पनीले १५ लाख कित्ता शेयर निष्काशन गर्ने छ । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

Arun Finance min

कम्पनीले हकप्रद निष्काशनको प्रयोजनार्थ साउन ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन ८ गतेसम्म कायम शेयरधनीले हकप्रदको लागि आवेदन दिन सक्ने छन् । हकप्रद असोज ९ गतेसम्म भर्न सकिने कम्पनीले जनाएको छ । 

हकप्रदको लागि आवेदन ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमल र  अरुण फाइनान्सको शाखा कार्यालयहरुबाट लिन सकिने छ  ।  त्यस्तै ग्लोबल आईएमई बैंकको शाखाहरु आदर्शनगर बिरगंज, फुलबारी बजार इटहरी, भानुचोक जनकपुर, धनगढी कैलाली, पृथ्वी चोक पोखरा, त्रिभुवन चोक नेपालगन्ज र बिपी चोक बुटवलबाट पनि आवेदन भर्न सकिने क्यापिटलले जनाएको छ  । 

कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १० लाख ७१ हजार खुद नाफा गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी १५ करोड रहेको छ भने हकप्रद निष्काशन पछि चुक्ता पुंजी ३० करोड पुग्ने छ ।

प्रकासित मिति

Loading...

 

yummyfood