1478958692 banner ad format

 
 

अरुण काबेली पावर लिमिटेडको डेढ करोड कित्ता साधारण सेयर नेपाल स्टक एक्चेन्ज नेप्सेमा सूचीकृत भएको छ । सुचिकृत भएको १ करोड ५० लाख कित्ता मध्ये सर्वसाधरणलाई बिक्री गरेको २९ लाख १० हजार कित्ता बैशाख ३ गतेदेखि खरिद बिक्रि हुन् सक्ने छ । कम्पनीको प्रारम्भिक सेयर मूल्य प्रतिकित्ता ९९ देखि २९७ सम्म तोकिएको  छ ।

Arun Kabeli Power Limited

संस्थापकहरुको नाममा रहेको १ करोड ५ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयको १५ लाख कित्ता तथा कम्पनीमा कार्यारत कर्मचारीहरुको ९० हजार कित्ता शेयर भने २०७६ पुस ५ देखि मात्र खरिद बिक्रि हुनेछ । बाँडफाँडको मितिले ३ वर्षसम्म कारोबार गर्न नपाइने प्रावधान अनुरुप ति शेयरधनीले लामो समय कुर्नु पर्ने भएको हो । 

कम्पनीमा संस्थापक र साधारण शेयरधनीको अनुपरु ७०:३० रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रहेको छ ।   अरुण भ्याली हाइड्रोपावरको सहायक कम्पनीको रुपमा रहेको यस अरुण काबेलीले पांचथर र ताप्लेजुंगको सिमानामा २५ मेगावाटको काबेली बि वान हाइड्रोपावर निर्माण गर्दै छ  ।   यसै वर्ष निर्माण सम्पन्न लक्ष्य लिईएको उक्त योजना बिजुली २०७४ मा अशोजसम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोडिने कम्पनीले जनाएको छ   ।   

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood