Hidden
बंगलादेश बैंकमा नयाँ सञ्चालक
काठमाडौँ - नेपाल बंगलादेश बैंक लिमिटेडको तेइसौँ वार्षिक साधारणसभाले नयाँ सञ्चालक समितिका सदस्य चयन गरेको छ ।
बैंकले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह अलाम सरावर, मनिरुल इस्लाम तथा सर्वसाधारण शेयरधनीका तर्फबाट इन्द्रबहादुर थापा, दीपक कार्की र मुकुन्दनाथ ढुंगेललाई निर्वाचित गरेको हो ।
सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा जलाल अहमदलाई अध्यक्षमा चयन गरिएको छ । बैंकका अध्यक्ष अहमदले आज नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालबाट पद तथा गोपनीयताको शपथग्रहण गरे |
गभर्नर नेपालले बैंकलाई बढीभन्दा बढी व्यावसायिक र मर्यादित रुपमा अगाडि बढाउन र वित्तीय अनुशासन कायम गर्न प्रयत्नशील रहने प्रतिवद्धता व्यक्त गरे ।
प्रकासित मिति
Loading...
Loading...
Loading...