Hidden
दसैँ बिदामा बैंक खुला, यी २३ बैंक र २ विकास बैंकले सेवा दिंदै !
ग्राहकहरुलाई दशैंको सार्वजनिक विदामा समेत बैंक वित्तीय संस्थाहरुले बैंकिङ सेवा दिएका छन। ग्राहकमैत्री बन्दै २३ वटा बाणिज्य बैंक तथा दुई बिकास बैंकले दशैंको विदामा समेत बैंकिङ सेवा दिइरहेका छन।
अधिकांश बैंकहरुले सूचना जारी गरेर नै दशैं बिदामा समेत बैंकिङ सेवा उपलब्ध हुने शाखा, काउन्टर र समयबारे ग्राहकहरुलाई जानकारी दिएका छन। नेपाल राष्ट्र बैंकले बैंकहरुलाई दशैं बिदामा समेत बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन दिएको थियो।
ग्राहकले दशैंको सार्वजनिक बिदाका असोज ११ देखि १६ सम्म बैंकिङ सेवा पाउनेछन। बैंकहरुले तोकेको समयमा तोकेको शाखाबाट ग्राहकहरुले बैंकिङ सेवा प्राप्त गर्नेछन। केहि बैंकहरुले टिकाको दिन समेत बैंकिङ सेवा दिने भएकाले ग्राहकहरुले दशैं बिदामा समेत बैंकिङ सेवा लिनबाट बन्चित हुनु पर्नेछैन।
प्रकासित मिति
Loading...
Loading...
Loading...