1478958692 banner ad format

 
 

काठमाडौं – अबको महिना दिनदेखि ६ महिनाभित्रमा तपाईँको गाउँपालिका तथा नगरपालिकामा वाणिज्य बैंकको शाखा खुल्दैछ । 

सरकारले स्थानीय तहको सञ्चित कोषको रकम ‘क’ वर्गको बैक मार्फत परिचालन गर्नुपर्ने व्यवस्था गरेकाले स्थानीय तहमै बैंकको खाता खोल्न लागेको हो ।  सरकारले यही साउन १ गतेदेखि स्थानीय तहको सञ्चित कोषको रकम निकासा पठाउन थालेको छ । तर स्थानीय तहमा बैंक नहुँदा सदरमुकाम तथा सम्बन्धित स्थानीय तहबाट नजिक पर्ने बैंकबाट खाता सञ्चालन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । 

७४४ स्थानीय तहमध्ये हालसम्म ३३२ स्थानीय तहमा मात्र बैंकका शाखा स्थापना भएका छन् । बाँकी ४१२ तहमध्ये पहिलो चरणमा २४४ स्थानीय तहमा बैंकको शाखा खोल्न वाणिज्य बैंकहरु सहमत भई कुन बैकले कहाँ शाखा खोल्ने निक्र्यौल भइसकेको छ । स्टाण्डर्ड चार्टड बैंक बाहेक अन्य २६ वटा वाणिज्य बैंकले सात वटै प्रदेशको निम्न स्थानीय तहमा बैंकको शाखा खोल्दैछन् । 

bank list

प्रकासित मिति

Loading...

 

yummyfood