1478958692 banner ad format

 
 

गैँडाकोट । बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी क्षेत्रमा नेपालमै पहिलो पटक एटिएम सेवाको शुभारम्भ गरेको छ । 

यहाँ आज आयोजित सत्ताइसौँ वार्षिकोत्सव समारोहमा संस्थाले आजदेखि सदस्य बीमा कार्यक्रम, एटिएम सेवा र ट्याबलेट बैंकिङ सेवा शुरु गरेको हो । एससिटी नेटवर्कमा सञ्चालित एटिमबाट नेपाल भारत र भुटानका जुनसुकै स्थानबाट रकम निकाल्न सकिने संस्थाले जनाएको छ । सिद्धार्थ इन्सुरेन्स प्रालिसँगको सहकार्यमा सदस्य सुरक्षाअन्तर्गत सदस्य स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको हो । 

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष डिबी बस्नेतले विकुले शुरु गरेको सेवा स्वागतयोग्य रहेको बताए । गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले नगरपालिकाले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता अब बिकुबाट उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए।

विकुका संस्थापक अध्यक्ष तथा राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य खेमराज सापकोटाले बिकुले सदस्य सुरक्षामा विशेष जोड दिएर अघि बढ्नुपर्ने बताए । 

व्यावसायिक तथा सीप विकास तालिम प्रशिक्षण केन्द्र बुटवलका प्रमुख बालकृष्ण पौडेलले बिकुसँगको सहकार्यमा सदस्यलाई व्यावसायिक सीप प्रदान गरिएको बताउँदै आगामी दिनमा अझ बढी सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा डिभिजन सहकारी कार्यालय नवलपरासीका प्रमुख बुद्धप्रकाश पौडेल, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णुप्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ नवलपरासीका अध्यक्ष माधवप्रसाद गौतमलगायतले संस्थाको प्रगतिका लागि शुभकामना मन्तव्य राख्नुभएको थियो । पंैँतीस हजार शेयर सदस्य र १० सेवा केन्द्र रहेको संस्थाको रु साढे दुई अर्ब कुल पुँजी रहेको संस्थाका सचिव गोविन्द रिमालले बताए ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood