1478958692 banner ad format

 
 

बनेपा - काभ्रेपलाञ्चोकमा पहिलो पटक एउटा सहकारी संस्थाले आजदेखि एटिएम कार्ड संचालनमा ल्याएको छ । 

ATM Booth

पनौती नगरपालिकाको खोपासीमा रहेको विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाले संचालनमा ल्याएको एटिएम कार्डको सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले शुभारम्भ गरे । 

सो एससिटी कार्डबाट सहकारी संस्थामा बचत भएको रकम बचतकर्ताले एससिटीको सुविधा भएको जुनसुकै एटिएमबाट पनि रकम निकाल्न सक्नेछन् । सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभामा सचिव मैनालीले सहकारी संस्थालाई औद्योगिक कार्यमा लागेर अर्थतन्त्रमा योगदान गर्न आग्रह गरे ।

सहकारी संस्थाका अध्यक्ष प्रदीप थापाले सहकारी आन्दोलनको पहिलो दशकको अवधिमा राज्यको स्पष्ट नीति र पद्धतिको अभावले आर्थिकमैत्री सहकारी बन्न नसकेको आरोप लगाए । 

विसं २०५० सालमा स्थापना भएको सो सहकारीले रु एक अर्ब ४२ करोड पाँचलाख बचत गरेको छ भने रु एक अर्ब ५९ करोड २३ लाख ऋण लगानी गरेको बताइएको छ । सहकारीमा ३० हजार सदस्य आबद्ध छन् । यस बाहेक अन्य केही सहकारी संस्था पनि एटिएम कार्ड चलाउने तयारीमा छन् । 

सो अवसरमा १४ जना ज्येष्ठ सदस्यलाई सम्मान गर्नुका साथै सामुदायिक तथा निजी विद्यालयतर्फ एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छजना विद्यार्थीलाई पदक तथा नगद पुरस्कारले सम्मान गरिएको थियो । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood