1478958692 banner ad format

 
 

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले भारतको एक्सिस बैंकको सहकार्यमा नेपालमा पहिलोपटक ‘मल्टी करेन्सी फोरेक्स कार्ड’ सेवा सुरु गरेको छ ।

 

यो कार्ड नेपालसहित विश्वका १६ राष्ट्रमा एकैपटक औपचारिक प्रयोग सुरु गरिएकोे जनाइएको छ ।

सेञ्चुरी बैंकका फोरेक्स कार्ड प्रयोगकर्ताले १६ राष्ट्रको मुद्रा एउटै कार्डमा बोकेर लैजानसक्ने बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले जानकारी दिए ।

फोरेक्स कार्डले अमेरिकी डलर सटही गरी अन्य मुद्रामा भुक्तानी गर्दा हुने विनिमयको नोक्सानी तथा नगद चोरी जोखिमलाई न्यूनीकरण गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

एक्सिस बैंकको सहकार्यमा सेञ्चुरी बैंकले बुधबारबाट इन्डो–नेपाल इजि रेमिट सेवा पनि सुरु गरेको छ ।

भारतमा रहेका नेपालीहरुले एक्सिस बैंकको ३ हजार ५०० शाखाबाट नेपालमा पैसा पठाउनसक्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

बैंकले मोबाइल बैंकिङका लागि मोबाइल एप पनि सुरु गरेको जनाएको छ ।

एपको मद्दतले मोबाइलबाट ग्राहकले रकम भुक्तानी ट्रान्सफर एवं युटिलिटी बिलका साथै बैंकमा आवद्ध विभिन्न भेन्डरहरुको भुक्तानी गर्नसक्ने जनाइएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood