Hidden
सिटिजन्स बैंकको नाफा ८८ करोड २८ लाख
काठमाडौं। सिटिजन्स बैंकले चैत मसान्तसम्म ८८ करोड २८ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो बर्ष यतिबेला नाफा ७२ करोड ४७ लाख रुपैयाँ थियो।
बैंकले चैतसम्म खुद ब्याज आम्दानी एक अर्ब २५ करोड रुपैयाँ गरेको छ भने ऋण लगानी ४७ अर्ब ८० करोड रुपैयाँ गरेको छ। बैकले कुल निक्षेप ५५ अर्ब ५६ करोड रुपैयाँ गरेको छ।
बैंकले डुबेको मध्ये ८२ करोड ९४ लाख रुपैयाँ राइट ब्याक गरेको छ। यति ठूलो रकम राइट ब्याक हुँदा पनि तुलनात्मक रुपमा बैंकको नाफामा खास बृद्धि देखिएको छैन। यद्यपी बैंकले असाधारण खर्च भनेर ३८ करोड ७५ लाख रुपैयाँ देखाएको छ। यो कारण पनि बैकले डुबेको ऋण उठाउँदासमेत नाफामा त्यसलाई पूर्ण रुपमा समायोजन गर्न सकेन।
बैंकले खराब कर्जा घटाएर १.५५ प्रतिशतमा ल्याएको छ। यसअघि १.७८ प्रतिशत थियो। चुक्ता पूँजी ५ अर्ब ८७ करोड रुपैयाँ रहेको बैंकको प्रति सेयर आम्दानी २० रुपैयाँ छ।
प्रकासित मिति