Hidden
सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने
काठमाण्डौ । सिटिजन्स बैंक लिमीटेडले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । यस अघि प्राइम कमर्सियल बैंकले पनि कैलाश विकास बैंकलाई प्राप्ति गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो । तेस्तै ग्लोबल आईएमई बैंक र जनता बैंकले एकापसमा गाभिने सहमति गरेका थिए ।
बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन (मर्जर) प्रेरित गर्ने नीति सरकारले ल्याएसंगै साना तथा ठुला बैंकहरु मर्जरमा जान सहमति गर्न थालेका हुन् ।
सिटिजन्स बैंकले मुख्य कार्यालयमा एक कार्यक्रमबीच सहयोगी विकास बैंकसँग प्राप्तिको सम्झौता गरेको बताईएको छ ।
यस्तो सम्झौतामा सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक पवित्रकुमार कार्की र सहयोगी विकास बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्लीप्रकाश घिमिरेले हस्ताक्षर गरेका बैंकले जनाएको छ ।
२०७६असार २१ गते सम्मको तथ्यांकको आधारमासिटिजन्स बैंकले सहयोगीविकाश बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ७५ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ भने सर्वसाधारणमा दिएको ऋण लगानी ६८ अर्ब ४७ करोड रुपैयाँ पुग्ने छ।
हालको सिटिजन्स बैंकको चुक्तापूँजी ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने सहयोगी विकाश बैंकको चुक्तापूँजी ५० करोड ९६ लाख रुपैयाँ रहेको छ।
प्रारम्भिक सहमतिअनुसार, सहयोगीविकाश बैंकले एक कित्ता बराबर ९० रुपैयाँ पाउनेछ।
धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएकोसहयोगी विकाश बैंकले १४ वटा शाखाहरू बाट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । यी तीन जिल्लामा हाल सिटिजन्स बैंकको ९ वटा शाखाहरू संचालनमा रहेकोमा यस बैंकको प्राप्ति संगै २३ वटा शाखाहरू संचालनमा आउने छन् जसबाट यसक्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
प्रकासित मिति