Hidden
डिप्रोक्स लघुवित्त मर्जर जाने, मर्जर तथा प्राप्ती समिति गठन
काठमाडौँ । केन्द्रिय कार्यालय चितवनको नारायणघाट रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने वा प्राप्ती गर्ने प्रयोजनका लागि मर्जर तथा प्राप्ती समिति गठन गरेको छ ।
कम्पनी सञ्चालक समितिको साउन १६ गते बसेको बैठकले सञ्चालक यज्ञप्रसाद शर्मा संयोजक रहेको समिति गठन गरेको हो । समितिको सदस्यमा सञ्चालक भृगुऋषि दवारी र रमेशकुमार रघुबंशी रहेका छन् भने सदस्य सचिवमा प्रमुख कार्यकारी अधिकृत अमराज खड्का रहेका छन् । त्यस्तै कम्पनीका सीइओ अमरज खड्का सदस्य सचिवको रुपमा समितिमा छन् ।
समितिले मर्जरको बिषयमा आवश्यक छलफल तथा गृहकार्य गर्ने छ ।
कम्पनी ऐन २०५३ बमोजिम २०५७ पौष २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट विकास बैंक ऐन २०५२ अन्तर्गत २०५८ आषाढ १९ मा वित्तीय कारोवार गर्न इजाजत प्राप्त यस बैंक हाल बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०६३ बमोजिम नियमित एवं सञ्चालित छ ।
संस्थासंग हाल अधिकृत पूंजी रु १ अर्ब, जारी तथा चुक्त पूंजी रु. ७७.३४ करोड रहेको छ । यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट स्वीकृती लिई हाल ७० जिल्लामा आफ्नो कार्य संचालन गरिरहेको छ।
यो पनि पढ्नुहोस : आर्थिक बर्ष ७६/७७ को मौद्रिक नीति सार्वजनिक, हेर्नुस पूर्ण पाठ
प्रकासित मिति