1478958692 banner ad format

 
 
काठमाडौं- अर्थमन्त्री डा.युवराज खतिवडाले व्यापार युद्धबाट बच्न उपाय खोजी भइरहेको बताएका छन्। यसबाट बच्न राष्ट्र बैंक पनि चनाखो हुनुपर्ने उनको जोड छ । वस्तु तथा सेवाको अवमूल्यन गरेर अन्तर्राष्ट्रिय बजारमा सामान डम्पिङ गरी आफ्नो बर्चस्व कायम गर्ने र अन्य मुलुकका उत्पादनमा अनावश्यक भन्सारदर बढाएर अवरोध गरिन्छ।
 
यसले व्यापार युद्ध बढाएको छ। विश्व बैंकले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्रीले व्यसमा विश्व बैंकले पनि सहयोग गर्नुपर्ने अर्थात् व्यापार युद्धबाट बच्ने उपायका बारेमा मार्गदर्शन गर्नुपर्नेमा जोड दिए।
 
विश्व बैंकले तयार गरेको नेपाल डेभलपमेन्ट अपडेट २०१८ सार्वजनिक गर्दै अर्थमन्त्रीले व्यापार घाटा कम गर्न उत्पादन वृद्धि र लगानीका लागि दीर्घकालीन स्रोत व्यवस्थापन गर्नुपर्ने सुझाए। बैंकमा लगानीयोग्य पुँजी पुनःअभाव हुन थालेको छ। ‘बैंकहरू अल्पकालीन लगानीमा रमाउँदा यस्तो समस्या पुनः आएको हो’, उनले भने, ‘अल्पकालीन कर्जाले प्राथमिकता पाउँदा ‘क्रेडिट क्रन्च’ को समस्या आउँछ।’
 
खतिवडाले नेपालको निजी क्षेत्र पारदर्शी नभएको गुनासो गर्दै उद्योगी व्यवसायीलाई पारदर्शी बन्न सुझाए। विश्व बैंकले प्रक्षेपण गरेको मध्यम तहका लागि औसत ६ प्रतिशतको आर्थिक वृद्धिदरले नेपाललाई नपुग्ने भन्दै त्योभन्दा ठूलो आकारको वृद्धिका लागि सरकार लागिपरेको उनले बताए ।
 
नेपाल सन् २०३० सम्म मध्यमस्तरको आय भएको मुलुक बन्ने तयारीमा छ। रेमिटेन्सभन्दा अन्य क्षेत्रबाट देशको आय बढाउन सरकार लागिपरेको उनले जानकारी दिए। विश्व बैंकले नेपाललाई हालसम्म चार खर्ब ७५ अर्ब अमेरिकी डलर सहयोग गरेको छ।
 
यस्तो सहयोगमध्ये तीन अर्ब ४८ करोड ऋण र एक खर्ब २७ अर्ब अनुदान हो। बैंकले सन् १९६३ बाट सहयोग गर्दै आएको छ। त्यसपछि बैंकले १९६९ मा टेलिकम्युनिकेसन परियोजनाका लागि ऋण सहयोग गरेको थियो। हाल विश्व बैंक समूहबाट २४ वटा परियोजना सञ्चालनमा छन्। बैंकले परियोजनामा दुई खर्ब ८३ अर्ब सहयोग रहेको जानकारी दिएको छ।

प्रकासित मिति

Loading...

 

yummyfood