annapurna add

काठमाडौं । सानिमा बैंक र प्रेस काउन्सिल नेपालबीच वि.सं. २०७० सालमा भएको पाँच लाख राशीको पत्रकारिता पुरस्कार सम्बन्धी सम्झौता प्रेस काउन्सिल नेपालको २०७६ फागुन २२ गते बसेको बोर्ड बैठकले भंग गर्ने निर्णय गरेको छ ।

sanima bank news kantipathसंचार माध्यम र पत्रकारहरुको आँखामा छारो हाल्ने नियत राखेर सानिमा बैंक लिमिटेडले ५ लाखको पत्रकारिता पुरस्कार स्थापना गरेको गुनासो पत्रकार र संचार माध्यमहरुबाट आउन थालेपछि प्रेस काउन्सिल बोर्डले सर्वसम्मत रुपमा सम्झौता रद्द गर्ने निर्णय गरेको थाहा भएको छ ।

२०७० सालमा सानिमा बैंक र प्रेस काउन्सिल नेपालबीच सम्झौता हुँदा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याएका एकजना पत्रकारलाई प्रत्येक वर्ष रु. ५,०००००।(पाँच लाख)का दरले पुरस्कार दिने भनिएतापनि बैंकले ६ वर्षको अवधिमा अहिलेसम्म दुई पटक मात्र पुरस्कार दिएर सम्झौताको ठाडो उल्लंघन गर्दै आएको थियो ।

यस्तो पुरस्कार स्थापना गरे पश्चात बैंकले पुरस्कारको पाँच लाख धनराशी देखाएर संचार माध्यम र पत्रकारहरुलाई व्यावसायिक विज्ञापन दिन बन्द गरेको गुनासो प्रेस काउन्सिल समक्ष गर्न थालेपछि विवादत पुरस्कार वितरण संस्थाबाट प्रेस काउन्सिल अलग हुन गएको स्रोत बताउछ ।

संचार माध्यमहरुले विज्ञापनका बारेमा छलफल गर्दा पुरस्कारको राशी र प्रेस काउन्सिलको नाम सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ र सिईओ भुवन दाहाललगायतको व्यवस्थापन टीमले लिएर टार्ने गरेकाले पत्रकारहरुको आँखामा छारो हाल्ने पुरस्कारको जिम्मेवारी किन लिने भन्ने प्रश्न खडा भएकाले प्रेस काउन्सिल नेपाल सानिमा बैंकको पुरस्कार वितरण गर्ने टीमबाट अलग हुने निर्णय गरेको छ ।

प्रेस काउन्सिलले ‘पत्रकारिता क्षेत्रको बृहत् हितका लागि यो पुरस्कार वितरण समितिबाट अलग रहने’ निर्णय गर्दै सोही ब्यहारोराको पत्र पठाएर सानिमा बैंकलाई प्रेस काउन्सिल नेपालले जानकारी दिएको पनि थाहा भएको छ । सानिमा बैंक, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुले पुरस्कार छनौट गर्दै आएका थिए । \

स्रोतका अनुसार, नेपाल पत्रकार महासंघ समेत सो पुरस्कार छनौट समितिबाट अलग भएको छ । सम्झौता अनुसार, सानिमा बैंकले अहिलेसम्म ६ पटक वितरण गर्नुपर्ने पुरस्कार ६ वर्षमा मात्र दुई पटक वितरण गरेपछि बैंकले झारा टार्न र पत्रकारहरुको आँखामा छारो हाल्नका लागि पुरस्कार राखेको आशंका पत्रकारहरुले व्यक्त गरेपछि प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघ सानिमा बैंकको पत्रकारिता पुरस्कार छनौटबाट अलग भएको ।

स्मरण रहोस्, नेपाल पत्रकार महासंघको अध्यक्ष प्रेस काउन्सिल नेपालको बोर्डमा पदेन सदस्य रहने कानूनी व्यवस्था रहेको छ ।

हाल नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य रहेका छन् । २०७६ फागुन २२ गतेको प्रेस काउन्सिल नेपालको बोर्ड बैठकमा सर्वसम्म निर्णय हुँदा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको पनि उपस्थिति रहेको थियो । साँघु साप्ताहिक

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...