1478958692 banner ad format

 
 

काठमाडौँ -गरिमा विकास बैंकको हकप्रद बिक्रि गर्ने भएको छ | आज बैशाख १४ गतेदेखि बैंकको हकप्रद खुला भएको छ ।  गरिमाले १०:७ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ७० प्रतिशत हकप्रद निष्काशन गरेको हो । बैंकको हकप्रदमा जेठ १७ गतेसम्म  आवेदन गर्न सकिने छ  ।

Banking News Nepal garima development bank min

जस अनुसार बैंकले  एक सय रुपैँया अन्तिम मूल्यको ९० लाख ७६ हजार २  सय ९६.६६ कित्ता सेयर निष्काशन गरेको हो । 

हकप्रदको लागि बैंकले चैत ३० का लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो।   चैत २९ सम्म कायम शेयरधनिले हकप्रदको लागि आवेदन दिन सक्ने छन्  । बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एस क्यापिटल रहेको छ। आवेदन एस क्यापिटलको कार्यालय, गरिमा विकास बैंकका शाखा कार्यालयहरु,एस डेभलपमेन्ट बैंकको शाखा कार्यालयहरु, महालक्ष्मी विकास बैंकको शाखा कार्यालयहरु, र एक्सेल डेभलपमेन्ट बैंकका शाखा कार्यालयहरुबाट दिन सकिने छ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउने योजना अन्तर्गत गरिमा विकास बैंकले ७० प्रतिशत हकप्रद बिक्रि गरेको हो। हाल बैंकको चुक्ता पुंजी १ अर्ब २९ करोड रहेको छ। ७० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब २९ करोड पुग्ने छ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १५ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood