1478958692 banner ad format

 
 

बेनी (म्याग्दी) । गरिमा विकास बैंकले म्याग्दीका विभिन्न चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

Garima Development Bank

विद्यालय तहबाट विद्यार्थी र शिक्षकमार्फत अभिभावकमा वित्तीय शिक्षा उपलब्ध गराउने उद्देश्यले बेनी नगरपालिका–३ भकिम्लीको जयन्ती मावि, अन्नपूर्ण गाउँपालिकाको मुक्तिमार्ग मावि, मङ्गला गाउँपालिकाको मङ्गला शिक्षा क्याम्पस र धवलागिरि गाउँपालिकाको मुनामा रहेको धनजनता माविमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । 

जेठ महिनाभर चारै विद्यालयमा एक दिवसीय वित्तीय शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको गरिमा विकास बंैक बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सम्बन्धित विद्यालयका विद्यार्थीका अतिरिक्त, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घका पदाधिकारी र नवनिर्वाचित जनप्रतिनिधीलाई समावेश गरिनेछ । 

कार्यक्रममा बैंकमा खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तीय सेवासुविधाका बारेमा बैंकका विभिन्न विभागमा कार्यरत उच्च अधिकृतले प्रशिक्षण दिने बताइएको छ । म्याग्दी जिल्लामा बेनीसहित दरबाङ, भुरुङतातोपानी र बाबियाचौरमा शाखा रहेको बैंकले सामाजिक उत्तरदायित्व बहन गर्न वित्तीय साक्षरता अभियान सञ्चालन गर्न लागेको जनाइएको छ । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood