tealaya add

काठमाडौं। ग्लोबल आईएमई बैंक र जनता बैंकले एकापसमा गाभिने सहमति गरेका छन् ।

janata global ime min

सरकारले आगामी आर्थिक वर्षको बजेटमा वाणिज्य बैंकलाई एकापसमा गाभिनका लागि प्रोत्साहन गर्ने नीति राखेको र नेपाल राष्ट्र बैंकले अभिप्रेरित गरेको सन्दर्भमा ती दुई बैंक एकापसमा मिसिने निर्णय शुक्रबार गरेका हुन् ।

सहमतिपत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गरेका छन् । यही असार १२ गते नेपाल राष्ट्र बैंकका गभर्नर  चिरञ्जीवी नेपालले वाणिज्य बैंकका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गाभिनका लागि उपयुक्त सहयात्री खोज्न आग्रह गरेका थिए ।

गाभिएपछी शाखा सञ्जाल २७८ पुग्नेछ। यसबाहेक बैंकका शाखारहित बैंकिङ इकाई र एक्सटेन्सन काउन्टर पनि हुनेछन्।

प्रारम्भिक सहमति अनुसार, जनता बैंकले एक कित्ता बराबर ८५ रुपैयाँ पाउनेछ। यस हिसाबले अहिले जनता बैंकसँग ८ अर्ब रुपैयाँ चुक्ता पूँजी छ। यसमध्ये ६ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजीका रुपमा ग्लोबलसँग मिसिने छ। 

अहिले ग्लोबलको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ छ। यसमा जनताको ६ अर्ब ८० करोड मिसिँदा पूँजी १७ अर्ब ११ करोड रुपैयाँ हुने छ। 

जनताको शेयर आदानप्रादन अनुपात मिलाएपछि १ अर्ब २० करोड रुपैयाँ जगेडा कोषमा जान योग्य हुनेछ। अहिले जनतासँग १ अर्ब ७५ करोड रुपैयाँ जगेडा कोष छ। ग्लोबल आइएमइको २ अर्ब ७३ करोडको कोष छ। योसबै गरेर जगेडा कोष ५ अर्ब ६९ करोड रुपैयाँको हुनेछ। पूँजी र जगेडा जोड्दा पूँजी कोष २२ अर्ब ८० करोड रुपैयाँको पुग्ने छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...