annapurna add

नबिल बैंक सञ्चालक समितिकी स्वतन्त्र सञ्चालक ईला शर्माले राजीनामा दिएकी छिन् ।  गत पुसमा नबिलको स्वतन्त्र सञ्चालक बनेकी ईलाले बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोगगरी जारी निर्देशनको पालना गरेकी थिइनन् ।

Ila Sharma resigns

यसबीचमा केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण विभागको स्थलगत सुपरीवेक्षण टोलीले पनि उनले पालना नगरेको विषयलाई आँखा चिम्लिदिएको थियो ।

देवर राजीवराज पौडलेको नाममा लिइएको १५ लाख रुपैयाँ बराबरको ओभरड्राफ्ट कर्जा र धितो कर्जा वापतको १५ लाख रुपैयाँको निम्ति शर्मा जमानी बसेकी थिइन् ।

केन्द्रीय बैंकको निर्देशनबमोजिम कुनैपनि बैंक तथा वित्तीय संस्थाका सञ्चालकले आफ्नो संस्थाबाट कर्जा उपभोग गरेका ऋणीको लागि जमानी बस्न पाईंदैन ।

केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशनबमोजिम कुनैपनि व्यक्ति सञ्चालकमा नियुक्त भएपछि कार्यभार सम्हाल्नुभन्दा पहिले नै आफ्नो संस्थासँग वित्तीय स्वार्थ भए-नभएको कुरा सञ्चालक समितिलाई लिखित रुपमा जानकारी गराउनुपर्छ । तर, उनले सो पनि गरेकी थिइनन् । शर्मा यसअघि संवैधानिक अंग निर्वाचन आयोगकी सदस्य थिइन् ।

प्रचलित कानुन र नियम मिचेर नबिल बैंकको सञ्चालक बनेपछि गरेको उनको निर्णय र प्राप्त सुविधाको बारेमा पनि अब प्रश्न चिन्ह् उठेको छ ।

केन्द्रीय बैंक शर्माको गैरकानुनी नियुक्तीबारे प्रकाशित समाचारको सम्बन्धमा एक हप्तासम्म बेखबर झैं देखियो । सम्भवतः राष्ट्र बैंककै कोही कसैले कारबाहीको प्रक्रिया थाल्नुअघि नै राजीनामा दिन सुझाएपछि ईलाले राजीनामा बुझाएको स्रोतको दाबी छ ।

केन्द्रीय बैंकका अधिकारीहरू गतसाता ईला शर्मालाई कारबाही भन्दापनि (निलम्बन) गर्नमै व्यस्त थिए । जनआस्थाबाट !

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...