1478958692 banner ad format

 
 

काठमाडौं। बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन (मर्जर) प्रेरित गर्ने नीति सरकारले ल्याएसंगै  बैंकहरु मर्जरमा जान सहमति गर्न थालेका छन् । आज शुक्रबार प्राइम कमर्सियल बैंकले पनि कैलाश विकास बैंकलाई प्राप्ति गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

prime kanki bank

प्राइम कर्सियल बैंकको कमलपोखरी कार्यालयमा दुबै बैंकबीच हस्ताक्षर भएको हो। प्राइमका तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र मर्जर समिति संयोजक गजेन्द्र बिष्ट तथा कैलाशका अध्यक्ष नारायणप्रसाद पौडेल संयोजक सुनिलनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन्।

लामो समयदेखि दुबै संस्थाबीच शेयर आदनप्रदान अनुपातका बारेमा कुरा मिलेको थिएन। प्राइमले कैलाशलाई प्रतिशेयर ९४ रुपैयाँ दिने सहमति भएको छ।

९४ रुपैयाँ दिएपछि कैलासले एक जना पनि सञ्चालक पाउने छैन। सुरुमा ८५ रुपैयाँ दिन खोजिएको थियो। ८५ दिँदा एक जना सञ्चालक प्राइममा आउँने छलफल भएको थियो।

अब प्रमुख कार्यकारीमा प्राइमका नारायणदास मानन्धरले नै निरन्तरता पाउने छन्। माथिल्लो ब्यवस्थापनमा पनि प्राइमका नै रहने छन्। कैलाशका प्रमुख कार्यकारीलगायत उच्च ब्यवस्थान बाहिरिन सक्ने स्रोतको दावी छ। 

यसअघि प्राइम बैंकको ओम डेभलपमेन्ट बैंकसँग मर्जर सहमति भएको थियो। सैद्धान्तिक स्वीकृति पाएपछि मर्जर भाँडिएको थियो। प्राइमले कही समयअघि कन्काइ विकास बैंकलाई गाभ्न समझदारी गरिसकेको छ।

यो पनि पढ्नुहोस :  ग्लोबल आईएमई र जनता बैंक गाभिने, २३ अर्बको पूँजी कोष, निक्षेप १८८ अर्ब पुग्ने

प्रकासित मिति

Loading...

 

ताजा खबर