Hidden
कामना विकास बैंकको हकप्रद बिक्रि खुला
काठमाडौँ -कामना विकास बैंकले आज असार ११ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । बैंकले १०:३ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ३० प्रतिशत हकप्रद निष्काशन गरेको हो ।
बैंकले २४ करोड १३ लाख बराबरको सय रुपियाँ अंकित २४ लाख १३ हजार १ सय ३७ दशमलव ६० कित्ता हकप्रद निष्काशन गरेको छ । हकप्रद निष्काशनको लागि एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले श्रावण १५ सम्म हकप्रद भर्न सक्ने छन् ।
हाल कामना विकास बैंक र सेवा विकास बैंक १:१ स्वाप रेसियोमा मर्ज प्रक्रियामा छन् । मर्जपछि बैंकको नाम कामना सेवा विकास बैंक रहने छ भने चुक्ता पुंजी अर्ब नाघ्ने छ । मर्ज प्रक्रियाको लागि बैंकको कारोबार गत मङ्सिर ११ देखि बन्द छ । मङ्सिर १० सम्म कायम शेयरधनिले हकप्रद प्राप्त गर्न सक्ने छन् ।
लगानीकर्ताले एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडको कार्यालय, कामना विकास बैंकको शाखा कार्यालयहरु र नेपाल इन्भेस्टमेन्ट बैंकका तोकिएका शाखाहरुबाट हकप्रद भर्न सक्ने छन् ।
बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १४ करोड ४७ लाख खुद नाफा गरेको थियो । राष्ट्रिय स्तरको विकास बैंकले चालु आर्थिक बर्षको अन्त्यसम्ममा चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउनु पर्ने छ ।
प्रकासित मिति