1478958692 banner ad format

 
 

 


मकवानपुर १० जेठ । मकवानपुरमा सञ्चालित १२ वटा सहकारी एकीकरण (मर्ज) हुने भएको छ । जिल्लाको १२ वटा बचत तथा ऋण सहकारी संस्थाहरुलाई मर्ज गरी ४ वटा बनाउन लागिएको हो ।

Cooperative merger

जिल्लामा सञ्चालनमा रहेका एकै प्रकृतिका र एकै क्षेत्रमा सञ्चालित सहकारी संस्थाहरुलाई मर्ज गर्ने तयारी गरिएको हो । पहिलो चरणमा महिलाद्धारा सञ्चालित सहकारीहरु एकीकरण गरिने जिल्ला बचत तथा ऋण सहकारी संघले जनाएको छ ।

यस अन्र्तगत हेटौंडा १२ र १३ स्थित महिला मिलन, महिला सेवा र आधुनिक महिला जागृति गरी ३ वटा बचत तथा ऋण सहकारीलाई मर्ज गरी एउटै सहकारीको रुपमा सञ्चालन गर्ने तयारी थालिएको छ । यस्तै मकवानपुरगढी स्थित महिला जागरण, महिला आवाज तथा हेटौंडा १७ मा रहेको शुभकामना महिला बचत तथा ऋण सहकारी मर्ज गर्ने तयारी भइरहेको संघका अध्यक्ष राधा सिन्तानले जानकारी दिइन् ।

यस्तै भीमफेदी गाउँपालिकाको महिला एकता, महिला अभियान र महिला जागृति सहकारी मर्ज गरी एउटै सहकारी बनाउने तयारी गरिएको छ । यस्तै हेटौंडा १४ र १५ को भुटनदेवी महिला, महिला जनचेतना, महिला जनशक्तिलाई एकीकरण गरी एउटै बनाउने तयारी थालिएको अध्यक्ष सिन्तानले बताइन् ।

सहकारी ऐन २०७४ अनुसार एकै प्रकृतिका सहकारीमा एक भन्दा बढी सहकारीमा सदस्य बन्न नपाइने प्रावधान भएपनि यस अघि व्यवहारमा कार्यान्वयन भएको थिएन । तर यसलाई कार्यान्वयन गराउन पनि जिल्ला बचत संघले पहल थालेको उनले बताइन् । पछिल्लो समय सहकारीमा प्रयोग हुने सफ्टवेयरमा पनि एक जनालाई एक संस्थामा मात्र इन्ट्री गर्न सकिने प्रबिधिको विकास भइसकेको अध्यक्ष सिन्तानले जानकारी दिइन् । (हेटाैडाबाट : सुजन ढकाल)

प्रकासित मिति

Loading...

 

ताजा खबर