कुमारी बैंकले चार वित्तीय संस्थालाई प्राप्ति गरि एकीकृत कारोबार थालेको छ। बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेड, महाकाली विकास बैंक लिमिटेड, काक्रेविहार विकास बैंक लिमिटेड र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरि आजदेखि एकीकृत कारोबार थालेको हो।
जेठ २७ मा नै तीन विकास बैंक र एक फाइनान्सलाई प्राप्ति गरि एकीकृत कारोबार गर्ने स्वीकृति पाएको बैंकको एकीकृत कारोबार पश्चात चुक्ता पुंजी ६ अर्ब २ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवी नेपालले एकीकृत कारोबारको उद्घाटन गरेका हुन।
बैंकले एकीकृत कारोबार पश्चात कायम चुक्ता पुंजीबाट २० प्रतिशत अर्थात एक अर्ब उन्नाइस करोड बराबरको हकप्रद निष्काशन गर्ने छ। बैंकको गत चैत ९ मा बसेको साधारणसभाले उक्त प्रस्ताब पारित गरेको हो। हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब ४ करोड पुग्ने छ।
चार वित्तीय संस्थालाई प्राप्ति पश्चात बैंकको निक्षेप ५२ अर्ब ३० करोड र कर्जा प्रवाह ४४ अर्ब ९५ करोड पुगेको छ भने शाखा संख्या ७४, एटिएम ५७ तथा एक्स्टेन्सन काउन्टर २ पुगेको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले २०७४ असार मसान्त भित्र चुक्ता पुंजी ८ अर्ब पुर्याउनु पर्ने छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक बर्षको कमाईबाट वितरण गर्ने बोनस सेयरलाई पुन्जिकृत गरि तोकिएको चुक्ता पुंजी पुर्याउन सक्ने व्यवस्था गरेको छ। कुमारी बैंकका संचालक समितिका अध्यक्ष सन्तोषकुमार लामाले बैंकले सहजै तोकिएको चुक्ता पुंजी ८ अर्ब पुर्याउने बताएका छन।
प्रकासित मिति