काठमाडौं। कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ खोल्दा २६ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने भएको छ। बैंकले परिवारका कुनै एक सदस्यको खाता खोल्दा पूरै परिवारले बीमा सुविधा पाउने योजना ल्याएको हो।

Kumari Bank

यो खाताबाट परिवारका एक सदस्य – बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य – आमा वा बुवा आफै, तथा दुई सन्तानको स्वतः बीमा हुने बैंकले जनाएको छ ।

१० हजार मौज्दात हुनुपर्ने यस खातामा वार्षिक ६.५० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।

साथै खातामा २६ लाख सम्मको परिवारको बिमा गरिएको र दम्पतिको आकस्मिक दुर्घटना बिमा, पूर्ण शारीरीक अशक्तता बिमा, परिवारको सदस्यका लागि १० घातक रोगहरुका लागि बिमा, परिवारको औषधोपचारको बिमा सुविधा पनि उपलब्ध रहेको छ ।

पछिल्लो समय बैंकहरुले निक्षेप सदश्य बढाउन विभिन्न स्किम ल्याउने गरेका छन्। कुमारी बैंकको यो बचत खाताधनी तथा उसको परिवारले पुर्ण रुपमा बीमाको सुविधा पाउने छन्। यस्ता सुविधा ल्याउदा बैंकको निक्षेपको व्याजदर केहि मात्रामा बढ्न जान्छ।

बैंकले इन्टरनेट बैंकङ सुविधा निशुल्क दिएको छ भने मोबाइल बैंकिङ, भिजा डेबिट कार्ड पहिलो वर्ष निःशुल्क दिने छ भने दोस्रो वर्षदेखि न्यूनतम शुल्क लिनेछ।

विगत १८ वर्षदेखि बैंकिङ सुविधा दिँदै आएको कुमारी बैंकले देशभर १०० शाखा, ९९ एटिएम, तीन एक्सटेन्सन काउन्टर, तीन शाखा रहित बैंकिङ इकाईहरु मार्फत सेवा दिदै आएको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...