1478958692 banner ad format

 
 

काठमाडौं। लक्ष्मी बैंक लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  

मङ्गलबार सम्पन्न बैंकको साधारणसभाले २०७२÷०७३ सम्मको संचित मुनाफाबाट २०७३ आषाढ मसान्तमा कायम शेयर पूँजीको ३८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्यो ।  

उक्त बोनस शेयर प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गरेवापत सो विकास बैंकका शेयरधनीहरुलाई जारी गरिएको शेयर तथा १०० प्रतिशत हकप्रद शेयर पश्चात हाल कायम पूँजीको १८ दशमलब २९ प्रतिशत हुन आउने जनाइएको छ ।  

सभाले बैंकको चुक्ता पूँजीमा संस्थापक शेयरको अंश ५१ प्रतिशत कायम रहने गरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट श्री विश्वकरण जैन तथा श्रीमति स्वाति रुङ्गटा सञ्चालक समितिमा निर्वाचित भएका छन् ।

  हाल ३६ जिल्लाका ६८ शाखा मार्फत सेवा पुर्याइरहेको बैंकले सन् २००२ मा नै पहिलो पूर्ण इन्टरनेट बैंकिङ्ग सेवा संचालन गर्नुका साथै सन् २००९ बाट मोवाइल बैंकिङ्ग (मोवाइल मनी) सेवा संचालन गर्दै आएको छ ।  

आर्थिक वर्ष २०७२७३ मा ४८. १५ अरब निक्षेप र ४०.३६ अरब कजा पु¥याएको बैंकको वासलातको आकार ५५ अरब रहेको छ । बैंकले सोहि आ.व.मा ११५ करोडको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

  • kantipathnews Nepal Share Market News Market businesses

    धितोपत्र बजार : तीन अर्ब बढीको कारोबार

    धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १ ...

yummyfood