1478958692 banner ad format

 
 

काठमाडौँ -लक्ष्मी बैंकले हकप्रदमा अवितरित सेयर लिलाम बढाबढमा बिक्रि खुला भएको छ । बैंकले १ बराबर १ अर्थात शतप्रतिशत हकप्रद बिक्रि खुला गर्दा अवितरित सेयर आज असार १६ देखि लिलाम बढाबढमा बिक्रि खुला गरेको हो ।  

बैंकले बैशाख ३ देखि जेठ ७ सम्म बिक्रि खुला गर्दा नबिकेको साधारणतर्फको ३ लाख ९४ हजार ९ सय ३९ कित्ता सेयर लिलामीमा राखेको हो। बैंकले शतप्रतिशतका दरले ३ अर्ब १५ करोड रुपैयाँ बराबरको ३ करोड १५ लाख ९० हजार ३ सय ३ कित्ता हकप्रद सेयर बिक्रि खुला गरेको थियो। जसमा करिब १ दशमलब २५ प्रतिशत सेयरधनीबाट दाबि परेन।  

इच्छुक बोलकबोल दाताले असार १६ देखि असार २३ सम्म आबेदन दिन सक्ने बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडले जनाएको छ। बोलपत्रको नतिजा बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलको कार्यलयमा असार २५ मा खोलिने छ।  

Laxmi Bank nepal

इच्छुक बोलकबोल दाताले बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलमा असार २३ गते बैंकिङ समय १ बजेसम्म आबेदन पेश गर्नु पर्ने छ।  बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन। 

त्यस्तै इच्छुक बोलकबोल दाताले लक्ष्मी क्यापिटलको नाममा लक्ष्मी बैंकमा रहेको खाता नम्बर ००५३४०१०६५८ मा पैसा संकलन गरि लिलाम बढाबढमा राखिएको हकप्रदमा आबेदन दिन सक्ने छन। साथै लक्ष्मी क्यापिटलको नाममा गुड फर पेमेन्ट मार्फत समेत आबेदन दिन सकिने छ। 

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ५६ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको असार १३ को साधारणसभाले १८ दशमलब २९ प्रतिशत बोनस सेयर पारित गरेपछि बैंकको चुक्ता पुंजी ७ अर्ब ४७ करोड पुग्ने छ। बैंकको लिलामीमा राखिएको सेयरमा आबेदन दिनेले समेत बोनस सेयर पाउनेछन।  बिजपाटि 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

  • kantipathnews Nepal Share Market News Market businesses

    धितोपत्र बजार : तीन अर्ब बढीको कारोबार

    धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १ ...

yummyfood