1478958692 banner ad format

 
 

काठमाडौँ -छापुच्छ्रे बैंकले १२ प्रतिशत हकप्रद बिक्रि खुला गरेको छ । बैंकले आज साउन ५ गतेदेखि १००:१२ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १२ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । 

machhpuchhre bank min

बैंकले ७९ करोड १८ लाख बराबरको ७९ लाख १८ हजार ४ सय ४० कित्ता हकप्रद निष्काशन गरेको हो  । हकप्रद निष्काशनको लागि बैंकले जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जेठ १४ गते सम्म कायम शेयरधनीले हकप्रदको लागि आवेदन दिन सक्ने छन्  ।    

हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्ताले एनएमबि क्यापिटलको कार्यालय नक्साल र माछापुच्छ्रे बैंकको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन् ।   भदौ ७ गतेसम्म हकप्रद बिक्रि खुला रहने छ । 

हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ५९ करोड रहेकोमा हकप्रद निष्काशनपछि चुक्ता पुंजी ७ अर्ब ३९ करोड पुग्ने छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब खुद नाफा गरेको थियो । बैंकले राष्ट्र बैंकले तोकेको ८ अर्ब पुर्याउन चुक्ता पुंजी ६१ करोड अर्थात् ८.२५ प्रतिशतले बढाउनु पर्ने हुन्छ ।  

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News market decreased by double digit

    धितोपत्र बजार दोहोरो अंकले घट्यो

    धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ । बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक ...

  • Kantipathnews Nepal Share Market News Stock trading

    शेयर कारोबार ओरालो लाग्यो

    धितोपत्र बजारमा आज शेयर कारोबार ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्ज लिमिटेडका अनुसार आज बजार ८.१९ बिन्दुले ओरालो लागेर एक हजार ...

  • Kantipathnews Nepse News Share on Nepse

    नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत

    आज बिहिबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत भएका छन् । आज नेप्सेमा जनता बैंक नेपाल लिमिटेड र जनउत्थान सामुदायि ...

yummyfood