tealaya add

machhapuchrebak kantipathnews

प्रदिप सिंह महतो, श्रावण २० । घरपायक बैङ्क स्थापनाले समयको बचत हुनाको साथै धनजनको क्षत्ती बाट जोगीने प्रदेश नं. २ का उध्याेग ,पर्यटन वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मण्डलले बताउनु भएको छ ।

सिरहाको दक्षिणबर्ती कल्याणपुर नगरपालिका वडा नं. ६ भ्रोक्राहामा माछापुच्छ्रे बैङ्कको शाखा रहित बैकिङ्ग सेवाको समुदघाटन गर्दै मन्त्री मण्डलले जहाँ बैङ्क त्यहाँ जनता नभै जनता भएको ठाउँमानै बैङ्क पुग्नाले आम नागरिकमा बचत गर्ने बानीको समेत विकास ह’ने बताए । गाउँमै बैङ्क पुग्नाले कल्याणपुर बासीलाई ७ किलोमिटर टाढा मिर्चैया जाने बाध्यता अन्त्य भएको भन्दै मन्त्री मण्डलले बैङ्क संचालकलाई स्वागत समेत गरेका छन ।

वडा नं. ६ का वडा अध्यक्ष मोतिबुल राईनले भने विकासको पुर्वाधार अन्तर्गत प्रविधीको विकास पनी भएकोले याे टोलमा शाखा रहित बैकिङ्ग सेवाको पँहुचले वडाबासी खुसी भएको बताए । अध्यक्ष राईनले आम्दानी अनुसार दैनिक बचत गर्ने बानीले आर्थीक विकासमा टेवा पुग्ने भएकाले बैङ्कबाट कारोबार गर्न वडाबासीलाई आग्रह गरेका छन ।

कार्यक्रममा बोल्दै बैङ्कका कर्मचारी मुकुन्द भट्टराईले  खर्च नियन्त्रण गर्न बैकिङ्ग कारोबार असल माध्यम रहेकोले सेवाग्राहीलाई बैङ्क मार्फत कारोबार गर्न आग्रह गरेका छन । उनले भने यस बैङ्कमा खाता खोल्ने सेवाग्राहीको लागी नागरीकता मात्र चाहिन्छ बैङ्कले नै फोटाकपी , फोटो उपल्बध गराउने छ । थम्पीङ्ग सिस्टम रहेकोले चेक को आब्यश्यकता नपर्ने उनको कथन रहेको थियो ।

यसै बिच आजै मन्त्री मण्डल सामाजसेवी स्व. रामलखन यादबको तेस्रो स्मृती दिवसमा सहभागी भएका छन । सुखिपुर नगरपालिका वडा नं. ७ का शिक्षक समेत रहेको स्व. यादबको सम्मानमा रामलखन यादब मेमोरीयल ट्रष्टद्धारा सुखिपुर नगरपालिका करीब २४ जना एसईई मा ए र ए प्लस ल्याएका बिधार्थीलाई सम्मान गरेको छ ।

डोम समुदायबाट बि.एन.जे जनता बहुमुखी क्याम्पस सुखिपुरमा विएड तेस्रो बर्ष मा अध्ययनरत संतोष मल्लिक लाई नगद सहित वडा नं. १०  का १ सय ७ बर्षिय जनक यादबलाई सम्मान समेत गरेको ट्रष्टका कार्यक्रम संयोजक भुवन यादबले जानकारी दिन’भयो । प्रमुख अतिथिको रूपमा आएका मन्त्री मण्डलले रामलखन यादबको स्मृतिमा बृक्षारोपण समेत गरेको आयोजक ले जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...