1478958692 banner ad format

 
 

महुली सामुदायिक लघुबित्त वित्तीय संस्था लिमिटेडले ५० प्रतिशत बोनस सेयर पश्चात कायम चुक्ता पुंजीबाट ५० प्रतिशत हकप्रद बिक्रि गर्ने भएको छ। लघुवित्तले मङ्सिर ९ गते डाकेको साधारणसभा मार्फत उक्त प्रस्ताब पारित गर्ने जनाएको छ। 

Mahuli finance

लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट ५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर समेत) गरि ६० प्रतिशत लाभांश दिने प्रस्ताब साधारणसभामा लैजादै छ। साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुमा उक्त लाभांश वितरण हुनेछ। 

साधारणसभा प्रयोजनार्थ लघुवित्तले कात्तिक २६ देखि मङ्सिर ९ सम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। तसर्थ कात्तिक २५ सम्म कायम सेयरधनीहरुले मात्र लघुवित्तको ६० प्रतिशत लाभांश र साधारणसभामा सहभागी हुन पाउनेछन। 

साधारणसभाले पारित गरेपश्चात नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएपछि मात्र ५० प्रतिशत हकप्रद बिक्रि प्रस्ताब अगाडी बढ्नेछ। त्यसको लागि लघुवित्तले पछि अलग्गै बुक क्लोज मिति सार्वजनिक गर्नेछ। 

५० प्रतिशत बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी ६ करोड पुग्नेछ। त्यस्तै ५० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवितको चुक्ता पुंजी ९ करोड पुग्नेछ। हाल लघुवित्तको चुक्ता पुंजी ४ करोड छ। लघुवित्तले गत आर्थिक बर्ष ४ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood