Hidden
यी दुइ लघुवित्तले किन डाके विशेष साधारणसभा ?
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा बोलाएको छ । लघुवित्तले पुँजी वृद्धिको लागि १:१.५ को अनुपातमा डेढ सय प्रतिशत हकप्रद निष्काशन प्रस्ताव सभामा लैजाने भएको छ । साथै कम्पनीले जारी पुंजी, चुक्ता पुंजी र अधिकृत पुंजी बढाउने प्रस्ताव पनि साधारणसभामा लैजाने जनाएको छ ।
लघुवित्तले साउन १० गते संस्थाको केन्द्रिय कार्यलय कुस्मा, पर्वतमा विशेष साधारणसभा बोलाएको हो। यस्तै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार मर्जर तथा प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पनि साधारणसभामा लगिने कम्पनीले जनाएको छ ।
हाल लघुवित्तको अधिकृत पुँजी ५० करोड, जारि पुँजी १० करोड र चुक्ता पुँजी, ७ करोड रुपैयाँ रहेको छ । यसलाई बढाएर जारि पुँजी १ अर्ब अधिकृत पुँजी २० करोड र चुक्ता पुँजी १७.५ करोड पुर्याउने प्रस्ताव पेश गर्न लागिको संस्थाले जनाएको छ ।
मर्जरको बाटो पनि खुला
जीवन विकास लघुवित्त वित्तीय संस्थाले पुँजी वृद्धिको लागि १:१.५ को अनुपातमा डेढ सय प्रतिशत हकप्रद निष्काशन सहितका प्रस्ताव पारित गर्न विशेष साधारणसभामा बोलाएको छ । यस्तै संस्थागत शेयर र साधारण शेयर अनुपात परिवर्तन गर्ने अर्को प्रस्ताव पनि साधारणसभामा लैजान तयारी संस्थाको छ ।
हाल लघुवित्तको अधिकृत पुँजी ५० करोड, जारि पँजी २० करोड र चुक्ता पुँजी, १४ करोड रुपैयाँ रहेको छ । यसलाई बढाएर जारि पुँजी १ अर्ब अधिकृत पुँजी ५० करोड र चुक्त पुँजी ५० करोड पुर्याउने प्रस्थाव पेश गर्न लागिको संस्थाले जनाएको छ । यस्तै संस्थागत र साधारण शेयर अनुपात पनि ७०ः३० लाई परिवर्तन गरेर ६७.५प्रतिशत संस्थापक र ३२.५ प्रतिशत साधारण बनाउने प्रस्थाव विशेष साधारणसभामा लगिने कम्पनीले जनाएको छ ।
संस्थाले अधिकृत जारी र चुक्ता पुँजी वृद्धि, संस्थागत साधारण शेयरको अनुपात परिर्वत र मर्जर तथा तथा प्राप्ति सम्बन्धी प्रस्ताव पेश गर्ने छ । साउन १० गते संस्थाको केन्द्रिय कार्यलय कटहरि मोरङमा विशेष साधारणसभा बोलाएको हो ।
यो पनि पढ्नुहोस : ग्रामीण स्वावलम्बन कोष राष्ट्र बैंकले साना किसान लघुवित्तलाइ हस्तान्तरण
प्रकासित मिति