नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुनु अघि ‘मर्जर’ को विषयमा उपयुक्त निर्णय गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएका थिए । सोही निर्देशनानुसार वाणिज्य बैंकहरुले नेपाल राष्ट्र बैंक समक्ष विभिन्न आठ वटा बैंकहरुले मर्जरमा जाने प्रतिबद्धता जनाएका छन्।

merzer

राष्ट्र बैंकले बिग मर्जका लागि बैंकहरुलाई दवाव दिँदै गर्दा आठ बैंकले प्रतिबद्धता जनाएका हुन्। प्रतिबद्धता जनाएका बैंकमध्ये जनता बैंकको ग्लोबल आइएमईसँग मर्ज हुने सहमति भइसकेको छ।

ती बाहेक सिभिल, एनसिसी, सनराइज, सानिमा, लक्ष्मी र इन्भेष्टमेन्ट बैंकले पनि मर्जमा जाने प्रतिबद्धता जनाएका छन्। राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार यी बैंकहरुले मर्जर कमिटी बनाएका छन्।

बैंकहरुले गठन गरेको कमिटीले नै उपयुक्त पार्टनर खोज्ने र मर्जका लागि मोटामोटी सहमति जुटाउने काम गर्नेछ।

यसअघि गभर्नर डा. चिरञ्जिवि नेपालले मौद्रिक नीतिअघि मर्जमा जानेगरी पार्टनर खोज्न निर्देशन दिएका थिए। असार २७ गते मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ।

मौद्रिक नीति सार्वजनिक हुन अझै एक साताको अवधि बाँकी रहेकाले त्यतिञ्जेलसम्म प्रतिबद्धता जनाउने बैंकको संख्या बढ्ने राष्ट्र बैंकको दावी छ।

‘आगामी दिनमा मर्जका लागि प्रतिबद्धता जनाउने बैंकको संख्या अझै बढ्ने अपेक्षा छ’ निरौलाले भने। अन्य बैंकहरुले पनि मर्जका लागि सकारात्मक प्रतिक्रिया जनाएका छन्। यसअघि बैंकर्स संघको बैठकमा सबै बैंकले मर्जका लागि प्रतिबद्धता जनाएको दाहालले बताए।

यद्यपी मर्जका लागि मौद्रिक नीतिमार्फत प्रोत्साहनमूलक कार्यक्रम ल्याउनुपर्नेमा बैंकरको जोड छ। मर्जरका लागि सकारात्मक भए पनि हप्ता दश दिनमै पार्टनर खोज्न नसकिने बैंकहरुले बताउँदै आएका छन्।

मर्जमा जाने बैंकहरुका लागि सिसिडी रेसियोको सीमा ८० प्रतिशतबाट बढाउनुपर्ने, स्प्रेड रेटको सीमामा खुकुलो बनाइदिनु पर्ने, आयकरको छुट दर र अवधि बढाइदिनुपर्ने लगायतका सुझाव बैंकहरुले दिइसकेका छन्।

धेरै बैंकहरु मर्जका लागि मौद्रिक नीतिमार्फत आउन सक्ने सहुलियतको प्रतिक्षामा छन्। नेपालमा बैंकहरुको संख्या धेरै भएको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत घटाउनुपर्ने सुझाव दिँदै आएको छ।

बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुको मर्जको कार्यलाई यथावत रुपमा अगाडि बढाई मर्जका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याउने घोषणा गरेका थिए। तर प्रोत्साहनमूलक कार्यक्रम कस्ता हुन्छन् भन्ने कुरा मौद्रिक नीतिले तय गर्नेछ।

यो पनि पढ्नुहोस :  बिग मर्जर : वाणिज्य बैंकबीच छलफल तिव्र

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...