1478958692 banner ad format

 
 

चालु आर्थिक वर्षभित्र नेपालमा ४६ वटा लघुवित्त वित्तीय संस्थाहरु थपिने भएका  छन् । जसअनुसार, अब चार महिनाभित्र नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त वित्तीय संस्थाहरुको संख्या एक सय आठ पुग्ने भएको छ । हाल नेपालमा ६२ वटा लघुवित्त वित्तीय संस्थाहरु संचालनमा छन् । 

राष्ट्र बैंकले वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षासहित लघुवित्त संस्थाहरुलाई संचालन अनुमति दिइरहेको छ । नयाँ आवेदन लिन बन्द गरेपनि राष्ट्र बैंकले पहिले नै आवेदन दिइसकेका संस्थाहरुलाई धमाधम लाइसेन्स दिइरहेको छ । यद्यपि, लघुवित्तहरुको संख्या यसरी बढाउनु उचित नभएको माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका अध्यक्ष रामचन्द्र जोशी बताउँछन् । 

“राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको संख्या घटाउन मर्जर नीति ल्याउनु परेको थियो,” जोशीले भने, “तर, लघुवित्तहरुलाई मर्जर गरेर घटाउन सकिँदैन ।” कर्मसियल बैंकमा एउटै प्रकारका प्रोडक्ट हुने हुँदा मर्जर गर्न सजिलो भएको थियो । तर, मर्जरबाट लघुवित्तको संख्या घटाउन नसकिने हुँदा केन्द्रीय बैंकले समयमा नै यसबारेमा सोच्नुपर्ने उनको भनाई छ । - बैंकिङ खबरबाट

प्रकासित मिति

Loading...

 

yummyfood