1478958692 banner ad format

 
 

 विश्वभरि नै विपन्न तथा पिछडिएको समुदायको आर्थिक विकासको लागि लघुवित्त एक प्रभावकारी औजारकोे रुपमा परिचालित हुँदै आएको छ । नेपालको सन्दर्भमा पनि केही दशक यता लघुवित्त कार्यक्रममा ब्यापक विकास तथा विस्तार भएको छ । विपन्न वर्गका सर्वसाधारणलाई जीवीकोपार्जनमा सहयोग गर्ने उद्देश्यले नेपालमा लघुवित्तको अवधारण भित्रिएको थियो । यद्यपि, अहिले लघुवित्तहरु विकसित भइसकेका छन् । लघुवित्तहरु अब जीवीकोपार्जनमा सहयोग गर्ने कुरामा मात्र सीमित नभएर परियोजना, उद्यमशीलता लगायतमा समेत लगानी बढाउन थालेका छन् ।

अहिले क, ख, ग र घ वर्गका बैंकहरुले लगभग २१ खर्ब कर्जा परिचालन गरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । जसमध्ये, लघुवित्त वित्तीय संस्थाहरुको कर्जा परिचालन मात्रै एक खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । यसको मतलब, समग्र वित्तीय संस्थाको लगानीमा लघुवित्तहरुको योगदान पाँच प्रतिशतभन्दा बढी रहेको छ । लगभग २४ लाख महिलाहरु लघुवित्त संस्थामा आवद्ध भएर उद्यमी बनेका छन् ।

केही समयअघि लघुवित्त संस्थाहरुले सर्वसाधारणबाट मनपरी व्याज लिने गरेको कुरा उठेको थियो । यसको सम्बोधन गर्दै राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई १८ प्रतिशतभन्दा बढी व्याज नलिन निर्देशन दिएको थियो । विपन्न वर्गलाई लक्षित गरेर सेवा दिने संस्थाको व्याजदर धेरै हुनु नहुने भनेर टिप्पणी गर्ने गरिन्छ । वास्तवमा किन लघुवित्तहरुको व्याज वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको तुलनामा बढी हुन्छ त ?
  
डोर टू डोर सर्भिस गर्ने भएकाले लघुवित्तको अपरेटिङ कष्ट धेरै हुन्छ । यसर्थ नेपालको लघुवित्तको व्याजलाई महँगो भन्न नमिल्ने सरोकारवालाहरु बताउँछन् ।  अन्तर्राष्ट्रिय परिवेशमै  हेर्ने हो भने पनि नेपालका लघुवित्तहरुको व्याजदर अझ कम रहेको छ । एसिया महादेशका सात देशहरुमध्ये, सबैभन्दा सस्तो व्याजदर नेपालको रहेको छ ।  

साधारणतयाः बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानीको मूख्य श्रोत ग्राहकहरुबाट परिचालन गरेको बचत निक्षेप हुन्छ । तर लघुवित्त बैंकहरुमा त्यस्तो हुँदैन कारण लघुवित्त बैंकहरुलाई सर्वसाधारणबाट वचत निक्षेप संकलन गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति दिईएको छैन । लघुवित्त बैंकहरुले आफनो समुह सदस्यहरुबाट मात्र वचत स्वीकार गर्न सक्छन्, जुन कर्जा लगानीको प्रयाप्त स्रोत हुन सक्दैन । औसतमा लघुवित्त बैंकहरुको कुल कर्जाको ३१ प्रतिशत जति समुह सदस्यहरुको बचत निक्षेपले धानेको छ भने ६० प्रतिशत जति अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको सापटीले धानेको अवस्था छ । लघुवित्तहरु आफैँले बैंकबाट कर्जा लिएर सर्वसाधारणमा लगानी गर्नुपर्ने भएकाले उनीहरुले लिने व्याजदर तुलनात्मक रुपमा बढी हुन्छ । 

लघुवित्त वित्तीय संस्थाहरुले बिना धितो कर्जा प्रवाह गर्दछन् । सामुहिक जमानीमा विपन्न वर्गका सर्वसाधारणहरुलाई लघुवित्तहरुले कर्जा दिन्छन् । धितोविना नै कर्जा दिने भएकाले लघुवित्तहरुले जोखिम लिएका हुन्छन् । लघुवित्तहरुले ती उद्यमीमाथि लगानी गरेका हुन्छन्, जसलाई बैंकहरुले भरोसा गरेका हुँदैनन् । 
बैंकहरुले ठूला ठूला परियोजनाहरुमा लगानी गरिरहँदा लघुवित्तहरुले गाउँघरमा जीवीकोपार्जनका लागि संघर्ष गरिरहेका युवालाई उद्यमी बन्न मद्दत गरिरहेको हुन्छ । 

अहिले नेपालमा करिब पाँच हजारभन्दा बढी बैंक तथा वित्तीय संस्थाका शाखाहरु विभिन्न क्षेत्रमा स्थापना भएका छन् । जसमध्ये, केही शाखाहरु दुर्गम क्षेत्रमा पनि विस्तार भएका छन् । दुर्गम क्षेत्रमा विस्तार भएका शाखाहरु लघुवित्त वित्तीय संस्थाका धेरै छन् । मुलुकको अति दुर्गम भेग र विपन्न वर्गसम्म लघुवित्त वित्तीय सेस्थाहरुले आफ्नो सेवा विस्तार गरेका छन् । 

लघुवित्त वित्तीय संस्थाहरुको काम, कर्तव्य र अधिकार
नेपाल राष्ट्र बैंकले घ वर्गका बैंक अर्थात लघुवित्त वित्तीय संस्थाहरुका लागि निम्न काम, कर्तव्य र अधिकार दिएको छ :

राष्ट्र बैंकले तोकेको सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुक्तानी दिने ।
तोकिएबमोजिम कर्जा प्रदान गर्ने ।
राष्ट्र बैंकले तोकिदिएको अबधिसम्म नियमित बचत गरी तोकेको बचत कायम राखेका समुह वा समुहका सदस्यलाइ लघु ब्यबसाय सञ्चालन गर्न कुनै चल अचल सम्पति सुरक्षण वा जमानत लिइ वा नलिइ लघु कर्जा दिने ।
इजाजतपत्र प्राप्त संस्था वा स्वदेशी तथा बिदेशी संघसंस्था आदिबाट ऋण वा अनुदान प्राप्त गर्ने र त्यस्तो ऋण वा अनुदान लघुु कर्जा बितरणमा वा सो कार्यलाइ प्रभावकारी बनाउने कार्यमा प्रयोग गर्ने । कुनै संघसंस्था आदिबाट ऋण वा अनुदान लिनु अघि राष्ट्र बैंकको स्वीकर्ति आबश्यक छ । लघुकर्जा उपलब्ध गराउनु अगाडी जुन कार्यको लागी कर्जा माग भएको हो सो को मुल्यांकन र सम्भाव्यता पहिचान गर्नु पर्दछ ।
न्युन आय भएका ब्यत्तिको आर्थिक स्थितीमा सुधार हुने खालका लघु ब्यबसाय गर्ने ।
लघु ब्यबसाय सम्बन्धमा गोष्ठी सञ्चालन गर्ने, परियोजना तर्जुमा प्रशिक्षण दिने, सहयोग गर्ने, प्राबिधिक ज्ञान दिलाउने र आबश्यकताअनुसार प्राविधिक सहयोग जुटाउने ।
लघु कर्जा परिचालन सम्बन्धमा समुहलाइ आबश्यक सेवा प्रदान गर्ने ।
लघुकर्जा समयमा असुलउपर गर्नेतर्फ आबश्यक कारबाही गर्ने ।
लघुकर्जाको उचित उपयोग भए नभएको सम्बन्धमा अनुगमन गर्ने र उचित प्रयोग नदेखिएमा आबश्यक निर्देशन दिने ।
आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने तथा जायजेथाको उचित प्रबन्ध गर्ने । - बैंकिङ खबरबाट

 

प्रकासित मिति

Loading...

 

yummyfood