tealaya add

काठमाडौँ - बंगलादेशबाट सुरु भएको माइक्रोफाइनान्स सेवा अहिले विश्वभरको गरिबी न्युनीकरण एवम् उद्यमशीलता विकासको अस्त्र बनेको छ ।

Microfinance samuh

 

माइक्रोफाइनान्समा सदस्य संख्या र प्रवाहित कर्जाका हिसाबले भारत सबैभन्दा अगाडी रहेको छ । सबैभन्दा ठूलो एवम् प्रभावकारी माइक्रोफाइनान्स भने चिनमा रहेको छ । 

माइक्रोफाइनान्स वित्तीय पहुँच बाहिर रहेका गरीब व्यक्ति, परिवार, उद्यमी र व्यवसायीलाई बैंकिङ, बीमा लगायतका वित्तीय सेवा प्रदान गर्ने साधन हो ।

फाइनान्स कम्पनीहरुको मूख्य काम भनेका ससाना कर्जा प्रवाह गर्ने हो । यसका अलामवा माइक्रोफाइनान्सहरुले लघुबचत र लघुबीमाको काम पनि गर्न थालेका छन् । विपन्न र आर्थिक हिसाबले पछाडी परेका वर्गहरुलाई माइक्रोफाइनान्सले लक्षित गरेको हुन्छ ।

Microfinance samuh 2फाइल तस्विर 

संसारकै सबैभन्दा ठूला र प्रभावकारी पाँच माइक्रोफाइनान्सहरुको बारेमा यहाँ चर्चा गरिन्छः
१. ५१ गिभ
सन् २००७ मा चिनको बेइजिङमा स्थापित ५१ गिभले अरु माइक्रोफाइनान्स कम्पनीहरुलाई कर्जा प्रदान गर्दछ । यसले अनलाइन र मोबाइल प्रविधिमार्फत व्यक्ति, कम्पनी, संघ एवम् संस्थाहरुलाई स्थानीय माइक्रोफाइनान्स संस्थाहरुसँग सम्पर्कमा रहनका लागि इकमर्श प्लाटफर्म प्रदान गर्दछ । बपछिल्लो तथ्यांक अनुसार, १००भन्दा बढी सेवामूलक संस्थाहरुलाई ५१गिभले सेवा दिएको छ ।

२. बैंक रेकट इन्डोनेसिया
यो इन्डोनेसियोको सबैभन्दा पुरानो बैंक हो । १८९६ मा स्थापित यो बैंकको केन्द्रीय कार्यालय जाकार्तामा छ । ससानो कर्जा प्रवाहबाट सुरु गरेको यो बैंक अहिले देशकै प्रमुख वित्तीय संस्थाको रुपमा सथापित भएको छ । यसका ३० मिलियनभन्दा बढी रिटेल बैंकिङ ग्राहकहरु रहेका छन् । ७० प्रतिशत लगानी सरकारको रहेको यो बैंकले आफ्नो सेवा विस्तारका लागि हजारौँ शाखा र ग्रामीण सेवाहरु विस्तार गरेको छ ।

३. बीआरएसी
यो संसारकै सबैभन्दा पुरानो लघुवित्त वित्तीय संस्थामध्ये एक हो । बंगलादेशमा सन् १९७२ मा स्थापना भएको यो संस्थाले मानव अधिकार, शिक्षा, स्वास्थ्य र आर्थिक विकासको क्षेमा काम गर्नुका साथै ससाना विजनेस लोन, होम एसिस्टेन्स र लघुबचत सेवा प्रदान गर्दछ । हाइटीदेखि फिलिपिन्ससम्मका विकासोन्मुख मुलुकहरुमा यो संस्थाले सेवा प्रदान गर्दै आएको छ । पछिल्लो तथ्यांकअनुसार बीआरएसीको कर्जा प्रवाह १.४ मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ ।

४. ग्रामीण बैंक
१९८३ मा बंगलादेशमा स्थापना भएको ग्रामीण बैंकका संस्थापक मोहम्मद युनुसले नोबल शान्ति पुरस्कार पाएका थिए । गरीबीको रेखामुनी रहेका जनतालाई ससानो बैंकिङ सेवा र विनाधितो कर्जा प्रदान गरी गरिबी न्युनीकरणमा सहयोग पुर्याउने उद्देश्यस्वरुप उनले ग्रामीण बैंक स्थापना गरेका थिए । उक्त क्षेत्रमा यो बैंक पायोनियर नै सावित भएको छ ।

पछिल्लो तथ्यांकअनुसार यो बैंकबाट ८ मिलियनभन्दा बढीले १८ विलियन डलरभन्दा बढी कर्जा प्रवाह भएको छ । लघुकर्जा र बैंकिङ सेवाका अलावा सन् १९९८ मा यो बैंकले लो कष्ट हाउजिङ प्रोग्राम पनि ल्याएको थियो, जसले अवार्ड समेत पाएको थियो ।

५.किभा माइक्रोफण्ड्स
सान फ्रान्सिसकोमा केन्द्रीय कार्यालय रहेको किभा गैरनाफामुखी लघुवित्त संस्था हो, जसले अमेरिकाका अलावा ८० देशहरुमा सेवा दिँदै आएको छ । क्राउड फण्डीङ र पीटुपी लेण्डीङ यस लघुवित्तको सेवा प्रान गर्ने मूख्य तरिकाहरु हुन् ।

यसले वित्तीय पहुँच बाहिर रहेका जुनसुकै मुलकका मानिसहरुलाई पनि प्रत्यक्ष रुपमा कर्जा दिन्छ । साना व्यवसाय, शिक्षा र स्वास्थ्यका लागि यसले विनाव्याज कर्जा दिन्छ । पछिल्लो तथ्यांक अनुसार, किभाले ८५० मिलियन डलरभन्दा बढी लघुकर्जा प्रवाह गरेको छ । यसका ऋणीहरु १.५ मिलियनभन्दा बढी छन् । (साभार : बैंकिङ खबर)

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...