1478958692 banner ad format

 
 

bankingnews mirmire 3 min

हेटौँडा, भदौ १७ । मिर्मिरे माईक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटिेड शाखा कार्यालय हेटौँडाको आयोजनामा एकदिने नगर सरसफाई कार्यक्रम शनिवार सम्पन्न भएको गरेकाेछ ।

हेटौँडाको शीतलमहल चोक हुँदै पशुपति मन्दिर तथा हुप्राचौरस्थित राष्ट्रिय सभागृह लगायतका क्षेत्रमा सो बैंकका मकवानपुर तथा चितवन स्थित शाखा कार्यालयका कर्मचारीहरु, व्यवसायिक समूहका अग्रजहरु, स्थानीय क्षेत्रका बुद्धिजीबि, शाखामा आवद्ध महिला सदस्यहरु लगायतको उपस्थितमा सो सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।

mirmire2 bankingnews min

“मिर्मिरेको सरसफाई अभियान, सफा घरआँगन स्वच्छताको पहिचान” भन्ने मूल नाराका साथ आयोजित सरसफाइ कार्यक्रमले मिर्मिरे बैंकले सामाजिक उत्तरदायित्वमा सदैव क्रियाशील रहेको सन्देश दिने हेटौँडा शाखाकी प्रबन्धक मञ्जुश्री गोपालीको दाबी रहेकाेछ ।

“वातावरणीय समाज स्वस्थ भयो भने मात्र आर्थिक विकास  एवम्  समृद्ध समाजको निर्माण सम्भव छ ।” उहाँले भन्नुभयो, “मिर्मिरे त्यसका लागि सदैव सचेत छ ।” त्यस्तै हात्तीसुँडे शाखाका प्रबन्धक सरोज ढकालले कार्यक्रममा बोल्दै हात्तीसुँडेमा पनि आगामी दिनमा यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

mirmire 1 bankingnews min

कमैचारी आफैँ सरसफाईमा खट्दा समाजमा आफ्नो स्वास्थ्य तथा वातावरणको ख्याल आफैँल्रे राख्नुपर्ने चेतना अभिवृद्धि हुनेमा सहभागी विभिन्न सरोकारवाला व्यक्तिहरुले विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा हेटौँडा, हात्तीसुँडे, शिखरकटेरी र चितवन पिप्लेका शाखा प्रबन्धक एवम् कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood