1478958692 banner ad format

 
 

काठमाडौँ - मुक्तिनाथ बिकास बैंकले आज भदौ ४ गतेदेखि हकप्रद निष्काशन गर्दै छ  ।   चालु आर्थिक बर्षमा हकप्रद निष्काशनको अनुमति पाउनेमा पहिलो संस्था बनेको मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । 

Muktinath Bikash Bank min

 बैंकले ६१ करोड ७० लाख रुपैयाँ बराबरको ६१ लाख ७० हजार ८ सय ६५ दशमलब ०४ कित्ता हकप्रद जारी गर्ने छ। हकप्रद निष्काशनको लागि बैंकले साउन २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन १९ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन् । लगानीकर्ताले असोज ८ गतेसम्म हकप्रद भर्न सक्ने छन् । 

 हकप्रद निष्काशन तथा बिक्रिका लागि बैंकले एनआइबिएल क्यापिटल मार्केटलाई बिक्रि प्रबन्धकको रुपमा चयन गरेको छ। लगानीकर्ताले एनआईबिएल क्यापिटल मार्केट्सको करले लाजिम्पाट, मुक्तिनाथ विकास बैंकको सम्पूर्ण शाखा कार्यालयहरु र नेपाल इन्भेस्टमेन्ट बैंकको बिराटनगर , नेपालगंज र धनगढीबाट आवेदन दिन सक्ने छन् ।

राष्ट्रिय स्तरको बिकास बैंकले २०७४ असार मसान्तभित्र चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउनु पर्ने भएकाले बैंकले ४० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। हाल बैंकको चुक्ता पुंजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। 

बैंकको गत मङ्सिर ४ मा बसेको बार्षिक साधारणसभाले ४० प्रतिशत हकप्रद बिक्रि गर्ने निर्णय पारित गरेको हो। ४० प्रतिशत हकप्रद निष्काशन तथा बिक्रि पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब १५ करोड पुग्ने छ। त्यसपश्चात राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी पुर्याउन बैंकले चालु आर्थिक बर्षमा  करिब १६ प्रतिशत बोनस सेयर वितरण गर्नु पर्ने छ। बैंकले यस आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ३५ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

प्रकासित मिति

Loading...

 

yummyfood