tealaya add

काठमाडौँ - मुक्तिनाथ विकास बैंकले सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । जस अनुसार धितो राखेको सेयरको ६५% सम्म ऋण लिन सक्ने गरी बैंकले जनाएको छ ।

Muktinath

  १ वर्षका लागि यो कर्जा लिन सकिने र ब्याजदर भने शेयरको मूल्य अन्सुअर तु हुने बैंकले स्पष्ट पारेको छ । 

साथै बैंकले विशेष प्रकारको आवास कर्जा सुविधाको सुरुवात गरेको छ । २० बर्षको लागि लिन सकिने गरि बैंकले आवास कर्जा योजना सुरु गरेको हो । 

यस योजनामा २ बर्षसम्म ब्याज परिवर्तन नहुने,  निशुल्क स्वास्थ्य त्तहा दुर्घटना बिमा पाइने, प्रिपेमेन्ट शुल्क नलाग्ने र समय मै किस्ता बुझाउदा सेवा शुल्क फिर्ता हुदै जाने बैंकले जनाएको छ । बैंकले यस योजनाको नारा समेत तय गरेको छ।बैंकले  ‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस नगद फिर्ता’ नारा तय गरेको हो । जस अनुसार ग्राहकले १० बर्षसम्म ब्याज मात्र तिरेर त्यसपछि सावाँ वापतको किस्ता तिर्न सकिने बिकल्प समेत रहेको जनाएको छ । 

यस योजना अन्तर्गत ग्राहकले घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ्ग गर्न वा सोही प्रयोजनका लागि घडेरी खरीद गर्नका लागि आवश्यकता अनुसारको आवास कर्जा लिन सकिनेछ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर