1478958692 banner ad format

 
 

मिति २०७५ साल असोज २० गते नागरिक लघुवित्त वित्तीय संस्था लि. को प्रथम वार्षिक साधारण काभ्रेको बनेपामा सम्पन्न भएको छ ।

NAGARIK1

 

उक्त साधारण सभाले अध्यक्ष श्री लक्ष्मी राज पौडेलद्धारा प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७४÷०७५ को लेखा परिक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु अनुमोदन ग¥यो ।

साधारण सभाले हाल विद्यमान चुक्ता पूँजी रु १ करोड ७५ लाख लाई बृद्धि गरी रु ७ करोड पु¥याउन १ बराबर ३ को अनुपातमा हकप्रद शेयर समेत निष्काशन गर्ने निर्णय गरेको छ ।

NAGARIK

 

५ जना सञ्चालकहरुको लागि भएको निर्वाचनबाट क्रमशः श्री लक्ष्मीराज पौडेल, श्री केशव दुवाडी, श्री सुन्दर खडका, श्री मिना सैंजु र श्री कल्पना बराल सञ्चालकमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

साधारण सभा समाप्त भए लगत्तै बसेको सञ्चालक समितिको बैठकले श्री लक्ष्मी राज पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ ।

नागरिक लघुवित्त वित्तीय संस्था लि. साँगा, काभ्रेमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था हो । पहाडी १० जिल्ला कार्य क्षेत्र रहेको यस वित्तीय संस्थाले हालसम्म ६ वटा जिल्लामा १० वटा शाखा कार्यालय मार्फत आफ्नो लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

प्रकासित मिति

Loading...

 

yummyfood