Hidden
नेको इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने
नेको इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले २:१ को अनुपातमा ह्जाल कायम चुक्ता पुंजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । बिमा समितिले अनुमति दिएपछि र कम्पनीको साधारण सभाले पारित गरेपछि हकप्रद बिक्रिको बाटो खुल्ने छ ।
यस अघि शत प्रतिशत हकप्रद जारी गरेको नेको इन्स्योरेन्सको चुक्ता पुंजी ६४ करोड ८० लाख पुगेको छ। ५० प्रतिशत हकप्रद बिक्रि पश्चात कम्पनीको चुक्ता पुंजी ९७ करोड २० लाख पुग्ने छ । बिमा समितिको निर्देशन अनुसार इन्स्योरेन्सले २०७५ असार मसान्त भित्र चुक्ता पुंजी १ अर्ब पुर्याउनु पार्ने छ। कम्पनीले २.८८ प्रतिशत पुंजी बढाएपछि बिमा समितिले तोकेको १ अर्ब चुक्ता पुंजी पुग्ने छ ।
नेको इन्स्योरेन्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा १२ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
प्रकासित मिति