1478958692 banner ad format

 
 

काठमाडौँ - नेको इन्स्योरेन्सले गत आर्थिक बर्षको कमाईबाट लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ ४ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलब ५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको नेपाल स्टक एक्सचेन्जद्वारा जनाइएको छ। 

neko

उक्त प्रस्ताब बिमा समिति र कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा बोनस सेयर बितरण हुनेछ। १० प्रतिशत बोनस सेयर बितरण पश्चात कम्पनीको चुक्ता पुंजी ७८ करोड ४० लाख पुग्नेछ।  

कम्पनीले गत आर्थिक बर्ष २१ करोड ८७ हजार रुपैयाँ खुद नाफा गरेको छ। यस अवधिमा नेकोको चुक्ता पुंजी ७१ करोड २८ लाख ९५ हजार रुपैयाँ रहेको छ। कम्पनीले बिमा समितिको निर्देशन अनुसार २०७५ असार मसान्तसम्म चुक्ता पुंजी १ अर्ब पुर्याउनु पर्नेछ। कम्पनीले बोनस सेयर वितरण पश्चात तोकिएको पुंजी १ अर्ब पुर्याउन २२ करोड पुंजी थप गर्नुपर्नेछ। यसका लागि कम्पनीले हकप्रद मार्फत चुक्ता पुंजी वृद्धि गर्ने प्रस्ताब बिमा समितिमा पेश गरेको छ।  

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood