Hidden
नेपाल बंगलादेश बैंकले लाभांश घोषणा
नेपाल बंगलादेश बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ २४ मा बसेको संचालक समितिको बैठकले कर प्रयोजन सहित १५ दशमलब ७९ प्रतिशत लाभांश घोषणा गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत बैंकले जनाएको छ।
बैंकले गत आर्थिक बर्षको कमाईबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३ दशमलब ७९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। बिजपाटी डटकमले नेपाल बंगलादेश बैंकले गत आर्थिक बर्षको कमाईबाट ११ प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरेको थियो।
१२ प्रतिशत बोनस सेयर वितरण पश्चात एनबि बैंकको चुक्ता पुंजी ८ अर्ब १२ करोड नाघ्नेछ। ८० प्रतिशत हकप्रद बितरण पश्चात एनबि बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड पुगेकोछ। बैंकले गत आर्थिक बर्ष ८२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
प्रकासित मिति