1478958692 banner ad format

 
 

काठमाडौँ – चालु आवभित्र क वर्गका सबै वाणिज्य बैंकलाई चुक्ता पुँजी रु आठ अर्ब पुर्याउन नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिपालना गर्नेमा नेपाल बैक लि दोस्रो बन्न सफल भएको छ । 

nepal bank min

नेपालको वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत केही अवधि करार व्यवस्थापन र केही अवधि राष्ट्र बैकको व्यवस्थापनअन्तर्गत सञ्चालित भई दुई वर्षयता खुल्ला प्रतिस्पर्धाबाट नियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहको नेतृत्वमा चलिरहेको सो बैंकको चुक्ता पुँजी हाल आठ अर्ब दुई करोड पुगेको बैंकले जनाएको छ । 

पुरानो कर्जा असुली, सम्पत्ति बिक्रीलगायतबाट नियामक निकायद्वारा निर्धारित न्यूनतम सीमाभन्दा केही बढी चुक्ता पुँजी पुर्याउन बैंक सफल भएको हो । बैंकमा सरकारको ६२।५५ प्रतिशत स्वामित्व छ । हाल देशका १३१ शाखामार्फत सेवा पुर्याइरहेको बैकले आगामी आवमा प्रथम चरणमा आफ्ना २५ शाखाबाट स्मार्ट बैङ्किङ सेवा आरम्भ गर्ने जनाएको छ । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

  • kantipathnews Nepal Share Market News Market businesses

    धितोपत्र बजार : तीन अर्ब बढीको कारोबार

    धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १ ...

yummyfood