Nepal Investment Bank Durbar Margaनेपाल इन्भेस्टमेन्ट बैंकले लाभांश घोषणा गरेको छ  ।  बैंकको बुधबार बिहान बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश घोषणा गरेको हो । 

जस अनुसार बैंकले लगानीकर्तालाई १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

हाल बैंकको चुक्ता पुंजी १२ अर्ब ८६ करोड रहेको छ ।

 

Nepal Investment Bank

कामना सेवा विकास बैंकले लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ ।  बैंकको मंगलबार बेलुका बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश घोषणा गरेको हो । 

जस अनुसार बैंकले लगानीकर्तालाई ६.८ प्रतिशतको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

कम्पनीले गत आर्थिक बर्षमा ३२ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

Kamana Sewa Bikas Bank Limited

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...