1478958692 banner ad format

 
 

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ९ प्रतिशत कायम भएको छ । 

Nepal Nation Bank inflation

नेपाल राष्ट्र बैंकको ६२ औँ वार्षिकोत्सवका अवसरमा गभर्नर डा चिरञ्जीवी नेपालले गत आर्थिक वर्षको सोहि अवधिमा मुद्रास्फीति १० दशमलव २ प्रतिशत रहेको जानकारी दिए । 

कृषि उत्पादनको वृद्धि, आपूर्तिमा सहजता र भारतीय मुद्रास्फीति आएको कमीका कारण पछिल्लो महिनामा मुद्रास्फीति निरन्तर घट्दै गएको बताएका छन्। 

गभर्नर नेपालका अनुसार यस अवधिमा वार्षिक बिन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर शुन्य दशमलव चार प्रतिशत ऋणात्मक रहेको र गैरखाद्य तथा सेवा समूहमा ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा यी समूहको मूल्य वृद्धिदर क्रमशः १० दशमलव ३ प्रतिशत र १० दशमलव २ प्रतिशत रहेको थियो । 

 यस आवको चैत मसान्तसम्म नगद प्रवाहमा आधारित सरकारी बजेट रु ६३ अर्ब ५९ करोड बचत रहेको बताए । गभर्नरका अनुसार गत आवको सोही अवधिमा रु ४७ अर्ब ६९ करोड बचत रहेको थियो । 

यस अवधिमा कुल सरकरी खर्च ४६ दशमलव ६ प्रतिशतले वृद्धि भई रु चार खर्ब १९ अर्ब ९३ करोड पुगेको उनले उल्लेख गरे। त्यसैगरी गभर्नर डा नेपालले चालु आवको आठ महिनामा कुल वस्तु निर्यात १२ दशमलव ८ प्रतिशतले वृद्धि भई रु ४८ अर्ब २२ करोड पुगेको बताए । यस अवधिमा आयात भने ४४ दशमलव २ प्रतिशतले बढेर रु छ खर्ब २८ अर्ब ५६ करोड पुगेको छ । 

चालु आवको आठ महिनामा कुल वस्तु व्यापार घाटा ४७ दशमलव ६ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ८० अर्ब ३४ करोड पुगेको छ । त्यसैगरी यस अवधिमा चालु खाता रु छ अर्ब ३१ करोड घाटा छ । कुल विदेशी विनिमय सञ्चिति २०७३ को असार मसान्तको रु १० खर्ब ३९ अर्ब २१ करोडबाट ३ दशमलव ४ प्रतिशतले वृद्धि भई फागुन मसान्तसम्ममा रु १० खर्ब ७४ अर्ब २७ करोड पुगेको छ । 

त्यसैगरी यस अवधिमा आन्तरिक कर्जा १२ दशमलव २ प्रतिशतले बढेको र बंैक तथा वित्तिय संस्थाको निक्षेप ८ दशमलव ३ प्रतिशत तथा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १५ दशमलव ३ प्रतिशतले बढेको छ । यस अवधिमा केन्द्रीय बैंकले रु ४७ अर्ब १८ करोड तरलता प्रवाह गरेको छ । 

त्यसैगरी राष्ट्र बैंकले यस अवधिमा नेप्से सूचकाङ्कमा सुधार आएको, वित्तीय पहुँचमा विस्तर, बैंक तथा वित्तीय नियमनमा सुधार आएको जनाएको छ । 

सो अवसरमा राष्ट्र बैंकका डेप्युटी गभर्नर चिन्तामणि शिवाकोटीले सम्पत्ति सुद्धीकरणमा चुनौती थपिएको र दुई वर्षअघिको भूकम्पले क्षति पु¥याएका भौतिक संरचनाको पुनःनिर्माण गर्न नसकिएको बताउनुभयो । उनले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्दै लैजानका लागि राष्ट्र बैंकको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने जोड दिए । 

कार्यक्रममा राष्ट्र बैंकले पूर्व गभर्नर डा भेषबहादुर थापा र संस्कृतिविद् तथा नेपालको नोट तथा सिक्का ‘डिजाइन’कर्ता सत्यमोहन जोशीलाई विशेष सम्मान गरिएको थियो । सो अवसरमा उनिहरुले मुलुकको शाख र सानलाई माथि उठाउन मुद्राको महत्वपूर्ण भूमिका हुने बताए । 

नेपाल बैंकर्स सङ्घका अध्यक्ष अनिल शाहले मुलुकको वित्तीय क्षेत्रलाई व्यवस्थित गराउन राष्ट्र बैंकको महत्वपूर्ण भूमिका रहेको भन्दै आर्थिक समृद्धिका लागि अझै निष्पक्ष र सबल भूमिका आवश्यक हुनुपर्नेमा जोड दिए। 

कार्यक्रममा राष्ट्र बैंकमा अभिछिन्नरुपमा २० वर्ष सेवा गरेका कर्मचारी तथा वार्षिकोत्सवका अवसरमा आयोजना गरेका अतिरिक्त क्रियाकलापमा विजयीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

प्रकासित मिति

Loading...