1478958692 banner ad format

 
 

नेपाल एसबीआई बैंकले जेठ ७ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ  ।  बैंकले   १०:४  को अनुपातमा अर्थात् ४० प्रतिशतक्प्रद निष्काशन गर्न लागेको हो । असार ११ सम्म लगानीकर्ताले हकप्रदको लागि आवेदन दिन सक्ने छन् ।

Banking News Nepal SBI Bank

बैंकले १ अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको १  करोड ९९ लाख १९ हजार ४ सय २३.६० कित्ता हकप्रद जारी गर्न लागेको हो  । बैंकको बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ  ।  बैंकले हकप्रद निष्काशनको लागि बैशाख २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।  बैशाख २५ सम्म कायम शेयरधनीले हकप्रदकोलागि आवेदन दिन सक्ने छन् । 

बिक्रि प्रबन्धक एनएमबि क्यापिटल र नेपाल एसबीआई बैंकका शाखा कार्यालयबाट हक्प्रद्को लागि आवेदन दिन सकिने छ । 

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ भने ४० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी झण्डै ६  अर्ब ९५ करोड पुग्नेछ । 

बैंकले केही समय अगाडि ९७१ रुपैँयामा ६७ हजार ७ सय ६७ कित्ता एफपीओ निष्काशन गरेको थियो भने गत बर्षको कमाईबाट २८ प्रतिशत बोनस वितरण प्रदान गरेको थियो  । 

प्रकासित मिति

Loading...